कांग्रेसले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा

काठमाडौं । नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेकाे राजिनामा मागेकाे छ । प्रमुख प्रतिपक्षी दल समेत रहेकाे  कांग्रेसले प्रतिनिधि सभाको शुक्रबार बसेको बेठकमा कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।

लामिछानेलाई गृहमन्त्री बनाउनुको कारणबारे जवाफ माग्दै कांग्रेसले आज पनि संसदमा विरोध जनाएपछी कांग्रेस सांसद प्रदीप पौडेलले बाेल्दै राजिनामा मागेका हुन् ।

‘३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता छन्। सहकारी सञ्चालकको सम्पत्तिबाट बचत फिर्ता दिनुपर्ने उनीहरूको माग छ,’ उनले भने, ‘ पीडितहरूले आन्दोलनबाट सिर्जना गर्ने अस्तव्यस्ततालाई सरकारले कसरी थेग्न सक्छ। गृहमन्त्रीलाई म आग्रह गर्न चाहन्छु- उच्च नैतिकताको आधारमा राजनीमा दिएर उदाहरण प्रस्तुत गर्नुस्।’

पौडेलले अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ भनी प्रश्न प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img