९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
spot_img

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

अर्घाखाँची, ८ चैत । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १० धरमपानीमा लु ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा वडा नं. ९ राजुपानी निवासी १४ वर्षीय सन्दिप बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए।

उनका अनुसार काठका मुडा बोकेको ट्याक्टर आदर्श आधारभूत विद्यालयको घुम्तीमा ढाला फुत्किएर दुर्घटना भएको थियो। ढालामा राखिएका काठका मुढाले च्यापिएर बिकको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img