महराको स्वास्थ्य अवस्था नाजुक भएकाले हाजिर जमानीमा छोडिएको होः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिरामी भएकाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री लामिछानेले महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडिएकोले अतिरञ्जित नगर्न आग्रह गरेका हुन्।

मन्त्रि लामिछानेले महरा भनेको बेलामा अनुसन्धानमा उपस्थित गराइने गरी छुटेको पनि बताए। बिरामी भएर ८-१० वटा औषधि दैनिक सेवन गरिरहेका महरालाई राज्यले करुणाभाव देखाएर हाजिर जमानामा छाडेकाले त्यसलाई त्यसै छोडिएको भन्न नमिल्ने जिकिरसमेत गरे ।

‘कहिलेकाहीँ मानवीय समवेदना र करुणाका कुराहरु छाउँछन् । कृष्णबहादुर महराका विषयमा कतिपय कुराहरु आइरहेका छन् ।अत्यन्त धेरै बिरामी हुनुहुन्छ । सम्मानित अदालतले पनि विरामी हुनुभएको कुरालाई इंगित गरेको छ’ गृहमन्त्री लामिछानेले भने, ‘कतिले उहाँलाई देखायो, छोड्यो भनेर तुरुन्तै निराशा जनाउनु भएको छ । राज्य निर्मम पछि हुन्छ, कठोर पनि हुन्छ । तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ । त्यसैले अत्यन्त धेरै बिरामी मान्छेलाई कसैको हाजिर जमानीमा छोडिएको कुरालाई अतिरञ्जित गरिरहनु पर्दैन । चाहेको बेलामा उपस्थित हुनेगरी हाजिरी जमानीमा उहाँ हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img