अड्गुरीमा नेपाल भाषा संंरक्षण अन्र्तगत तिनदिने नेवाः भाषा प्रशिक्षण सुरु

अर्घाखाँची, २३ चैत । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरीमा नेपाल भाषा संंरक्षण अन्र्तगत ३ दिने नेवाः भाषा प्रशिक्षण कार्यक्रमको सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पाणिनी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष गुनाखर अधिकारीले हरेक धर्म, संस्कृती, भाषाको संरक्षण महत्वपुर्ण रहको बताउँनुभयो । उहाँले वडामा भौतिक पुर्वाधार निर्माणका कामहरुसँगै सामाजिक क्षेत्रको विकास अपरिहार्य रहको बताउँनुभयो । वडाले खेलकुद, शिक्षा, विकास निर्माणका कामहरु सँगै सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिदैँ समुन्वत वडा बनाउँन पहल गरिरहेको बताउँनुभयो ।

पाणिनी गाउँपालिकामा नै सबैभन्दा बढी नेवाः समुदायको बाहुल्यता अड्गुरीमा रहेको बताउँदै नेवाः समुदायको रोपाई जात्रा, भैरम नाचँ लगाएतका संस्कृतीको पहिचान जिल्लाभरमा राम्रो रहेको नेवाः समिती लुम्बिनी प्रदेशका सदस्य अशोककुमार श्रेष्ठले बताउँनुभयो ।

उद्घाटन कार्यक्रममा समाजसेवी तुल्सिराम पौडेलले नेवाः समुदायको छुट्टै धर्म, संस्कृति र पहिचान रहेको बताउँनुहुदैँ हिन्दु धर्मको संरक्षणमा नेवाः समुदायको भुमिका महत्वपुर्ण रहेको बताउँनुभयो ।

रेडक्रम सोसाईटी अडगुरी उपशाखाका अध्यक्ष कृष्णप्रसाद पोख्रेल, वडा सदस्य प्रेम थापा, जनजाति महासंघ पाणिनीका अध्यक्ष टोपकला कव्दार, पत्रकार माधव बेल्वासे, प्रकाश प्युठानीले मन्तव्य राख्दैँ भाषा प्रशिक्षण कार्यक्रम महत्वपुर्ण रहेको भनाई राखेका थिए ।

भाषा प्रशिक्षकको रुपमा सौन्दर्य शाक्य र स्वस्तीका प्रधानागंले सहजीकरण गर्नुभएको तालिमको संयोजन घनश्याम पौडेलले गर्नुभएको छ उद्घाटन कार्यक्रम भिमसेन मन्दिरका अध्यक्ष फर्सबहादुर श्रेष्ठको अध्यक्षता, सचिव चन्द्रकुमार श्रेष्ठको सञ्चालन र नेवाः देय् दबु पाणिनीका अध्यक्ष फर्सबहादुर श्रेष्ठको स्वागतमा सम्पन्न भएको हो । । तालिम ३ दिनसम्म सञ्चालन हुने तालिम पाणिनी गाउँपालिका वडा नं. ७ वडा कार्यालयको आयोजना र लुम्बिनी मिडिया एजेन्सीको सहजीकरणमा भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

‘कश्यप ज्योतिःसार’ लोकार्पण

महेश–छात्र–परिषद्को नयाँ नेतृत्व : परम्पराको पुस्तान्तरण र भविष्यको सङ्कल्प

कर्णाली अटोमोबाइल्स एशोसिएशनको नयाँ नेतृत्व : केही योजना सार्वजनिक

शब्द, शास्त्र र विज्ञानको संगम : ‘शब्दशास्त्रविज्ञानम्’ को लोकार्पण

लोकप्रिय गायक मोतिराज खनालको “कम्मरु भाँचौंला” तीजगीत इन्द्रेणीमा विमोचन

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img