२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार
spot_img

अड्गुरी वडा कार्यालयले भजन भण्डली समुहलाई हस्तान्तरण गर्यो वाद्यवादन

अर्घाखाँची, २५ चैत । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ७ वडा कार्यालयले अड्गुरीमा रहेको भजन मण्डली समुहलाई वाद्यवादन हस्तान्तरण गरेको छ । वडा कार्यालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको ६० हजार र अड्गुरी भजन मण्डली समुहको ३० हजार गरी ९० हजारका सामाग्री वडा अध्यक्ष गुनाखर अधिकारीले एक कार्यक्रमको आयोजना मार्फत हस्तान्तरण गर्नुभयो ।

May be an image of text that says 'पाणिनी दुर्बाशा ऋषिको पहिचान, समृद्ध पाणिनी निर्माण हाम्रो अभियान" लागत सामेदारीमा भजन मण्डली बाधलाजन खरिद तथा वितरण कार्यक्रम मिति: २०1० गते स्थान: पाणिनी-७ નंં. वडा कार्यालय आयोजक: पाणिनी गाउँपालिका वडा कार्यालय अडगुरी, अर्घखाँची'

सामाग्री हस्तान्तरण गर्दै वडामा रहेका हरेक धर्म र संस्कृतिको रक्षा गर्नुपर्छ, सबै धर्म समान हुन, सबै धर्मको संरक्षण भएका सुन्दर वडा बन्छ, अधिकारीले भन्नुभयो । हिन्दु धर्मको महत्व पनि बढी छ, सनातन धर्मसंस्कृतिको रक्षा सँगै युवापुस्तामा पनि भजन सिकाउँनुपर्नेमा अधिकारीको भनाई रहेको छ । कार्यक्रममा वडा सदस्य प्रेम थापा, विन्दु घर्ति, कल्पना विक, वडा सचिव नन्दा भट्टराई, भजन मण्डली समुहका अध्यक्ष माधव पोख्रेल, सचिव लक्ष्मण न्यौपाने लगाएत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img