७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार
spot_img

अर्घाखाँचीकाे पाणिनिमा भएको कार दुर्घटना हुदाँ १ जनाकाे मृत्युु, ७ घाईते

अर्घाखाँची, २८ चैत । अर्घाखाँचीकाे पाणिनि गाउँपालिका वडा नं.८ पालिकाे काेलडाडामा कार दुर्घटना भएको छ । बुधबार बिहान अर्घाखाँची हुँदै पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार घुम्ती दुर्गाफाट सडक अन्तर्गत कोलडाडाको ओरालोमा बुधवार अनियन्त्रित भई दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ८ किमडाँडाका ६ वर्षीय बालक आरम्भ क्षेत्रीको रहेकोे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उनको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको हो । दुर्घटनामा अन्य ७ जना घाईते भएका छन् ।

घाईते हुनेमा भूमिकास्थान नगरपालिका ८ का चालक ३४ वर्षिय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षिय सम्झना क्षेत्री, उनकी छोरी ईभान्सी क्षेत्री, पोखरा उपमहानगरपालिका १२ कि ३० वर्षिय सविता अधिकारी, पोखरा १२ का १५ वर्षिय प्रजोल कंडेल, पोखरा कै ४२ वर्षिय गिता कंडेल र १० वर्षिय जेशन बस्नेत रहेको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट अन्दाजी २०० मोटर तलखसेको थियो । घाइतेहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको छ । घाईतेको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img