५ फाल्गुन २०८१, सोमवार
५ फाल्गुन २०८१, सोमवार
spot_img

गुल्ल्मीः विद्यार्थी कम भएपछि छत्रकोटको १ खारेज, ९ विद्यालय समायोजन

गुल्मी । गुल्मीको एक स्थानिय तहमा विद्यार्थी संख्या कम भएपछि एक विद्यालय खारेज गर्नुका साथै सात वटा विद्यालय समायोजन गरेको छ । छत्रकोट गाउँपालिकामा रहेको एक विद्यालय खारेज सँगै सात वटा विद्यालयको कक्षा घटाइएको छ । विद्यालयहरूमा विद्यार्थी संख्या अत्यन्तै न्यून हुँदै गएपछि समायोजन गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

वडा नं २ मा रहेको पिपलडाँडा आधारभूत विद्यालय, १ को जनचेतना आधारभूत विद्यालय, २ कै ठूलापोखरा आधारभूत विद्यालय र वडा नं ३ मा रहेको भगवती आधारभूत विद्यालयलाई समायोजन गरिएको छ ।

वडा नं ३ को खड्गदेवी आवि, ५ को जनता आवि, ६ को आलम आवि समायोजना गरिएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ । छत्रकोट वडा नं ४ मा रहेको कालिका बाल विकास केन्द्र भने खारेज भएको छ ।

गाउँपालिकाले बुद्धिविनोद आवि, छत्रकोट–१, पिपलपोखरा आवि छत्रकोट–१, जनशिक्षा आवि छत्रकोट–३ को कक्षा घटाएको छ ।

त्यस्तै सरस्वती आवि छत्रकोट–५, देविस्थान आवि छत्रकोट–३, जनज्योति आवि छत्रकोट–४ र ज्योति आवि छत्रकोट–५ को कक्षा घटाइएको छ ।

विद्यार्थी संख्याका आधारमा कुनै विद्यालयलाई ५ कक्षासम्म र कुनैलाई ६ कक्षासम्म मात्रै पढाइ हुने व्यवस्था गरिएको छ । यसअघि यी विद्यालमा ८ कक्षासम्म पढाइ हुँदै आएको थियो ।

गाउँपालिकामा रहेका ३७ वटा विद्यालयमध्ये ९ वटा मावि र २८ वटा आधारभूत विद्यालय थिए । समायोजन र खारेजीपछि ९ वटा मावि र १८ वटा आधारभूत विद्यालय गरी २७ वटा विद्यालय कायम भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img