ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको विश्व कार्यसमितिको दुईदिने बैठक सुरु

लण्डन । ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन बेलायतको विश्व कार्यसमितिको दुई दिने बैठक आज अप्रिल १८ बाट मुख्यालय लण्डन मा शुरु भएको छ । बैठकमा आउदो अक्टोबरमा मोरक्कोमा सम्पन्न हुने ४६ औ विश्व सम्मेलन बारे विभिन्न मुद्धा मा छलफल गर्दै सम्मेलनको तयारी तथा अन्य विषयहरुमा बैठकले ठोस निर्णय गर्नेछ । बैठकको पहिलो दिनको शुरुमा अन्र्तराष्ट्रिय ट्रेड युनियन आन्दोलनका मुख्य नेता तथा आईटियुसी , ब्रसेल्सका महासचिव लुक ट्रयांगलले प्रजातन्त्र र ट्रेड युनियन अधिकार बारे हाल विश्वव्यापी रुपमा भई रहेको समस्याबारे आफनो प्रस्तुति दिएका थिए । सो प्रस्तुति उपर अधिकांश बोर्ड मेम्बरहरुले आआफनो क्षेत्र तथा देशका समस्याहरु बारे धारणा राखेका थिए ।

बैठकमा नेपाल टे«ेड युनियन कांगे्रसका महासचिव एवम् फेडेरेशनका बोर्ड मेम्बर अजयकुमार राईले नेपालमा संसदमा सांसदहरुले टे«ेड युनियन खारेजीको बहस चलाउन थालेको , नेपालमा केही राजनैतिक दलका नेताले हाक्काहाक्की टे«ड युनियन खारेज हुनुपर्दछ भन्दै अभियान चलाएको भन्दै लोकतन्त्रमा पनि ट्रेड युनियन अधिकारलाई कुण्ठित गर्न पाईन्छ भन्दै प्रश्न गरेका थिए ।

उनले नेपालको सरकार पनि श्रमिक मैत्री नभएको बताएका थिए । यस्ता प्रवृत्ति विरुद्ध सबै ट्रेड युनियनहरु एक हुनुको विकल्प नरहेको र त्यसको अगुवाई आई टि यु सीले गर्नुपर्ने राईको भनाई थियो । उक्त फेडेरेशनले हवाई , सडक , रेल , बन्दरगाह , पानीजहाज , पर्यटन लगायत क्षेत्रका श्रमिक सम्बद्ध ६७० भन्दा बढी ट्रेड युनियनको अगुवाई गर्दछ भने करिब १५० देशका श्रमिक आवद्ध छन् ।

सन् १८९६ मा स्थापित सो संगठनले विश्व स्तरको यातायात क्षेत्रको टे«ड युनियनले आई एल ओ संग मिलेर यातायात श्रमिकको विश्व स्तरको कानुन हरु समेत बनाउने गर्दछ । सन् २०१८ को सिगांपुरमा सम्पन्न ४५ औँ विश्व सम्मेलनबाट नेपाल बाट प्रतिनिधित्व गर्दै प्रथम पटक अजयकुमार राई विश्व कार्यसमिति सदस्य चुनिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img