१९ असोज २०८१, शनिबार
१९ असोज २०८१, शनिबार
spot_img

पाणिनीको मैदानमा १५ दिने कम्प्युटर तालिमको सुरुवात

अर्घाखाँची, ७ बैशाख । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ५ मैदानमा १५ दिने सुचना प्रविधी सम्बन्धी आईसिटी कम्प्युटर तालिमको सुरु भएको छ । तालिमको उद्घाटन गर्दै पाणिनी–५ का वडा अध्यक्ष इन्द्रमणि घिमिरेले कम्प्युटरको महत्व दिनप्रतिदिन भएकाले सक्रिय सहभागिताका साथ तालिममा सहभागी हुन आग्रह गर्नुभयो ।

उहाँले गतवर्ष देखि नै सुरुवात गरेको कम्प्युटर तालिमलाई निरन्तरताका लागि यसवर्ष पनि सञ्चालन गरेको बताउँदै सुचना र प्रविधीको युगमा वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरु प्रविधीमैत्री बनाउँनुपर्ने बताउँनुभयो ।

कार्यक्रममा भानु माध्यमिक विद्यालयका प्रअ जिवलाल पोख्रेल, जनज्योति आविका प्रअ नन्दबहादुर सिंजाली, शिक्षकहरु भक्तबहादुर रेश्मी, खगेन्द्र घिमिरे, तारा घिमिरेले मन्तव्य राख्दै कम्प्युटर तालिम महत्वपुर्ण भएकोले सक्रियतापुर्वक सहभागीता हुने बताउँनुभयो ।

कार्यक्रम कृष्ण माध्यमिक विद्यालयका प्रअ टेकनारायण गैरेको अध्यक्षता, प्रशिक्षक कृष्ण गैरेको स्वागत र प्रशिक्षक घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । भानु मावि र कृष्ण मावि गरी तालिम १५ दिनसम्म सञ्चालन हुनेछ । वडा कार्यालयको आर्थिक सहयोग तथा आयोजना र लुम्बिनी मिडिया एजेन्सीको सहजीकरणमा तालिम हुन लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img