घनश्याम पाैडेल/अर्घाखाँची, ८ बैशाख । भूमिकास्थान नगरपालिकाको धारापानीको रातामाटा, बाँझाखर्क, जामुनडाँडा र फलामखिल्जीको गाउँमा आगलागी हुँदा २० वटा घरगोठ जलेका छन् ।
भूमिकास्थान नगरपालिकाको वडा ३ र ४ मा अत्याधिक हावाहुरीका कारण जंगलमा लागेको आगो बस्तीमा फैलिँदा १८ ओटा घरगोठ जलेका छन् ।
भुमिकास्थान ३ र ४ मा भिषण आगलागी हालसम्म १८ घरगाेठमध्ये शाेभाखर बन्जाडेकाे गाेठ, रेशम परियारकाे घर/गाेठ, वसन्त मल्ल ठकुरीकाे घर/गाेठ, विष्णु जि एमकाे दाेकान, गंग बहादुरकाे थारे घर, दुर्गा विककाे थारे घर, पुर्ण प्रसाद भुसालकाे गाेठ र बाईक, भुपलाल भसालकाे गाेठ/भैसी, झविलाल भुसालकाे घर, खिम प्रसाद भुसालकाे घर, तिलक भुसालकाे घर, ईश्वरी भुसालकाे घर, काँशिराम भुसालकाे घर, गंगा भुसालकाे गाेठ, रामजी भुसालकाे घर/थाराे, कृष्ण ओलीकाे घर/थाराे/भैंसी, दाेल प्रसाद भुसालकाे थाराे, पिताम्वर भुसालकाे थाराे डढेकाे स्थानिय हरिभुसालले घटनास्थलबाट जानकारी दिए ।
आगलागी अहिले पनि जारी रहेकाले निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।