८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार
spot_img

ज्योतिष परिषद् कर्णाली प्रदेशको अध्यक्षमा शर्मा निर्वाचित

सुर्खेत । नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशको दोस्रो अधिवेशन वीरेन्द्रनगरमा रहेको फुलबारी गेस्ट हाउसमा सप्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेले ज्योतिषशास्त्रको गरिमा र महत्त्वलाई बुझ्दै अघि बढ्न आग्रह गर्नुभयो । उहाँले कर्णालीको व्याप्त ज्ञानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्दै समृद्ध कर्णाली प्रदेश बनाउन नवनिर्वाचित समितिको महत्त्वपूर्ण भुमिका हुने बताउनुभयो ।

उपाध्यक्ष लेखनाथ न्यौपानेले ज्योतिषशास्त्रको संरक्षण र ज्योतिषीहरुको हकहितका नेपाल ज्योतिष परिषद्को स्थापना भएको र त्यसका लागि आफू तीन दशक देखी लागिरहेको बताउनुभयो ।

महासचिव कमल प्रसाद काफ्ले, कोषाध्यक्ष भुपेन्द्रराज घिमिरे, केन्द्रीय सदस्यद्वय विकास पौडेल, शिवलाल पौडेल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैशी, पन्चाङ्गकार गङ्गाराम ढुंगाना र ज्योतिष परिषद् कर्णाली प्रदेशका १० जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

अधिवेशनले डा गौरीशंकर शर्माको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा ढाकाराम अधिकारी, उपाध्यक्षमा भक्तिराम अधिकारी, आदित्यराज उपाध्याय, धनऋषि उपाध्याय, भोलाप्रसाद रिजाल, महासचिवमा विष्णुप्रसाद अधिकारी, उपमहासचिवमा मनिराम जैशी अधिकारी, धर्मप्रसाद उपाध्याय, इन्द्रप्रसाद न्यौपाने, सचिवमा नितानन्द आचार्य, कोषाध्यक्षमा रामशंकर उपाध्याय, सहकोषाध्यक्षमा गंगाराम रेग्मी, प्रचार सचीवमा बालकृष्ण शर्मा, संगठन सचिवमा खड्गप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यमा चेतना मल्ल शाही, पदम प्रसाद काफ्ले, ऋषिप्रसाद भट्टराई, धनप्रसाद पाण्डे, रामचन्द्र आचार्य, चन्द्र प्रसाद रेग्मी, शिवशंकर उपाध्याय, शान्त प्रसाद शर्मा, लक्ष्मी गौतम, ललिता फडेरा निर्वाचित हुनुभएको छ ।

अधिवेशनको उद्घाटन सत्र अध्यक्ष डा गौरीशंकर शर्माको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष ढाकाराम अधिकारीको स्वागत मन्तव्य एवम् सुर्खेत जिल्ला सचीव खगेन्द्र प्रसाद अधिकारीको सन्चालनमा सम्पन्न भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img