१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार
spot_img

मालपोतमा उठाइने शैक्षिक कोषको विषयमा दलहरु विभाजित, दोहोरो कर तत्काल रोक्न रास्वपाको खवरदारी

अर्घाखाँची । जिल्ला मालपोत कार्यालयमा शैक्षिक विकास कोषको नाउँमा रकम उठाउदै आइएको विषयमा अर्घाखाँचीमा क्रियाशिल राजनीतिक दलहरु विभाजित बनेका छन् ।

जिल्लामा रहेका क्याम्पसहरुको संचालनको लागि भन्दै मालपोतमा जग्गा पास गर्नेहरुबाट २०७२ सालदेखी शैक्षिक विकास कोषको नाउँमा उठाइदै आएको रकम तत्काल रोक्ने की निरन्तरता दिने भन्नेमा दलहरु विभाजित बनेका हुन् ।

जिल्ला समन्वय समिति अर्घाखाँचीले मंगलबार सन्धिखर्कमा आयोजना गरेको छलफल कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका सभापति हरिप्रसाद भुसालले जनताको ढाड सेक्नेगरी लिइएको अवैध कार्य तत्काल रोक्न आग्रह गरे ।
“किन, कसरी, कहिलेदेखी भन्ने अप्सन छैन, आजैका मितिदेखी बन्द होस्” वैठकमा भुसालले भनेका थिए “आजसम्म कति रकम उठ्यो ? ककसले कति तिरे ? कुन कुन क्याम्पसले कति कति वुझे ? हालसम्मका अडिट रिपोर्ट सहित सार्वजनिक हुनुपर्छ ।” आक्रामक रुपमा प्रस्तुत भएका भुसालले जिल्ला प्रशासन कार्यालयको नाकैमुनी अवैध रकम संकलन गर्दा प्रमुख जिल्ला अधिकारी टुलुटुलु हेरेर किन बसेको ? भन्दै प्रश्न गरेका थिए ।

वैठकमा सहभागी नेपाली काँग्रेस, नेकपा एमाले, राष्टिय जनमोर्चा तथा नेकपा एकीकृत समाजवादी सहितका राजनीतिक दलका प्रतिनिधीहरुले भने उपर्युक्त विकल्प विना तत्काल रोक्न नहुने बताएका थिए । “तत्काल रोक्नुहुदैन” वैठकमा सहभागी एकीकृत समाजवादीका अध्यक्ष राम बहादुर चौहानले भनेका थिए “क्याम्पसहरु अप्ठ्यारो अवस्थामा छन्, विकल्प विना यसलाई नरोकौं ।”

जिल्लामा रहेका स्थानीय तहका प्रमुखहरु समेत सहभागी बैठकमा प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले समेत क्याम्पस संचालनको लागि अन्य विकल्पहरुको खोजी गर्न आग्रह गरेका थिए । “क्याम्पस संचालनको लागि समस्या हो भने अन्य विकल्पहरु खोजौं” खत्रीले भनेको थिए “म यसलाई तत्कालै रोक्छु”

जिल्लामा रहेका क्याम्पसहरुको संचलनमा टेवा पुगोस भन्नका लागि मालपोत कार्यालयमा जग्गा पास गर्नेहरुबाट शैक्षिक विकास कोषको नाउँमा रकम संकलन गरिदै आएको छ । सरकारी कार्यालयभित्रै अवैध ढंगले दोहोरो कर संकलन गरिएको भन्दै विरोध हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img