धातिवाङ्ग-रुपन्देही सम्पर्क समाजको चौथो अधिवेशनबाट पिताम्बर पाण्डे अध्यक्षमा चयन

बुटबल, २९ बैशाख । धातिवाङ्ग-रुपन्देही सम्पर्क समाजको सातौँ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट अध्यक्षमा पिताम्बर पाण्डे, उपाध्यक्षमा गंगा पौडेल, सचिवमा हरि प्रसाद घिमिरे, कोषाध्यक्षमा सुमन पौडेल, सहसचिबमा तुल्सिराम पौडेल चयन भएका हुन ।

समितीको सदस्यमा झबिलाल पौडेल, टेकनारायण पौडेल, भविश्वर पौडेल, गिरिराज पौडेल, गौरि पौडेल, राधिका ज्ञवाली पौडेल, प्रेस संयोजकमा माधब पौडेल चयन भएका हुन । साधारण सभाको उद्घाटन समारोह समाजका अध्यक्ष देवि प्रसाद पौडेलको अध्यक्षता, जेष्ठ नागरिक भविश्वर पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष नमराज पौडेलले राख्नुभएको हो ।

सोही कार्यक्रममा मन्तव्य राख्दै पुर्व अध्यक्ष थनेश्वर पौडेलले धातिवाङ्गमा उत्पादित बस्तुको रुपन्देहिमा व्यवस्थित बजार सम्पर्क समाजले खोज्नु पर्ने र सहकार्य गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । समापन समारोहमा अध्यक्ष देवी प्रसाद पौडेलले धातिवाङ्गमा स्वास्थ्य शिविर, सहकारी सँगको सामिप्यता लगायतमा सुमधुर सम्बन्ध कायम राखी गाउँ र बजारको सम्बन्ध कायम राख्न सम्पर्क समाजको भुमिका महत्वपुर्ण हुने बताउँनुभयो । कार्यक्रम सहसचिव हरिप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो । सातौँ अधिवेशनको निर्वाचन संयोजक सल्लाहकार हरि पौडेल, सदस्य जनार्दन पौडेल र शुशिला पौडेल रहनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img