१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार
spot_img

धातिवाङ्ग-रुपन्देही सम्पर्क समाजको चौथो अधिवेशनबाट पिताम्बर पाण्डे अध्यक्षमा चयन

बुटबल, २९ बैशाख । धातिवाङ्ग-रुपन्देही सम्पर्क समाजको सातौँ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट अध्यक्षमा पिताम्बर पाण्डे, उपाध्यक्षमा गंगा पौडेल, सचिवमा हरि प्रसाद घिमिरे, कोषाध्यक्षमा सुमन पौडेल, सहसचिबमा तुल्सिराम पौडेल चयन भएका हुन ।

समितीको सदस्यमा झबिलाल पौडेल, टेकनारायण पौडेल, भविश्वर पौडेल, गिरिराज पौडेल, गौरि पौडेल, राधिका ज्ञवाली पौडेल, प्रेस संयोजकमा माधब पौडेल चयन भएका हुन । साधारण सभाको उद्घाटन समारोह समाजका अध्यक्ष देवि प्रसाद पौडेलको अध्यक्षता, जेष्ठ नागरिक भविश्वर पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष नमराज पौडेलले राख्नुभएको हो ।

सोही कार्यक्रममा मन्तव्य राख्दै पुर्व अध्यक्ष थनेश्वर पौडेलले धातिवाङ्गमा उत्पादित बस्तुको रुपन्देहिमा व्यवस्थित बजार सम्पर्क समाजले खोज्नु पर्ने र सहकार्य गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । समापन समारोहमा अध्यक्ष देवी प्रसाद पौडेलले धातिवाङ्गमा स्वास्थ्य शिविर, सहकारी सँगको सामिप्यता लगायतमा सुमधुर सम्बन्ध कायम राखी गाउँ र बजारको सम्बन्ध कायम राख्न सम्पर्क समाजको भुमिका महत्वपुर्ण हुने बताउँनुभयो । कार्यक्रम सहसचिव हरिप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो । सातौँ अधिवेशनको निर्वाचन संयोजक सल्लाहकार हरि पौडेल, सदस्य जनार्दन पौडेल र शुशिला पौडेल रहनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img