१९ असोज २०८१, शनिबार
१९ असोज २०८१, शनिबार
spot_img

जिल्ला स्तरीय नागरीक आरोग्य अभिमुखिकरण कार्यक्रम सन्धिखर्कमा सञ्चालन

अम्विका श्रेष्ठ वेल्वासे
अर्घाखाँची, ३१ बैशाख । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सार्थक पारी आम नागरिकलाइ शारिरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा स्वस्थ्य एवं सबल बनाइ विश्वब्यापि रुपमा फैलदै गएको नसर्ने रोगको प्रकोपलाई न्यूनीकरण गर्न स्थानिय परिवेश र आवश्यकता अनुसार उपलब्ध साधन स्रोतहरुलाई परिचालन गरी स्वास्थ्य सेवाका हरेक तहमा नागरिकहरुको सशक्त सहभागिता मार्फत आयुर्वेद, योग , जिवनशैली तथा जडिबुटिको माध्यमबाट शारीरीक तथा मानसिक रुपमा स्वस्थ शरीर ,सकारात्मक सोंच र ब्यक्तित्व विकास गरी स्वस्थ समाज निर्माण गर्ने उद्धेश्य साकार पार्न १ दिने जिल्ला स्तरिय नागरिक आरोग्य समिति अभिमुखिकरण कार्यक्रम सञ्चालन गरीएको छ ।

कार्यक्रम बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाले अर्घाखाँचीमा सञ्चालन भईरहेका नागरिक आरोग्य सेवा केन्द्रबाट नागरिकहरुलाई आधारभूत आयुर्वेद स्वास्थ्य सेवा सहज रुपमा प्राप्त भईरहेको र नागरिक आरोग्य अभियान तथा घरभेट सेवा मार्फत घर-घरमा सेवा प्राप्त गरेका र आगामी दिनहरुमा आरोग्य केन्द्रलाई थप श्रोत र साधनले सम्पन्न गराई यसको विकाश र विस्तारमा लाग्नुपर्ने जसका लागि आफुले सम्पूर्ण स्थानिय तहहरुसँग आवश्यक छलफल गर्ने र सहयोगमा लागी आफु तयार रहेको कुरा बताउनुभयो ।

कार्यक्रम जिल्ला नागरीक आरोग्य समितिका संयोजक एवं जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाको अध्यक्षता, आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष कृण्ण प्रसाद भुसाल, जिल्ला समन्वय समिति सदस्य सिता आचार्य, तथा ब्यवस्थापन समिति महिला सदस्य कमला खनाल भण्डारीको आथित्यतामा सञ्चालित कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मनिराम पराजुली एवं स्वास्थ्य कार्यालयका तथ्याँङ्क अधिकृत बसन्त प्रसाद पोख्रेल, सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्री पूर्ण प्रसाद पराजुली, डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलक जंग जनैदार, पतंजली योग समिति जिल्ला अध्यक्ष प्रेम नारायण प्रोख्रेल, अभियन्ता मनिराम अर्याल लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रममा समग्र जिल्लाको नागरिक आरोग्य सेवा केन्द्र तथा स्वास्थ्य केन्द्र मार्फत सञ्चालित नागरिक आरोग्य अभियान तथा घरभेट सेवा मार्फत घर-घरमा पुरयाएको सेवा तथा आरोग्य सेवा केन्द्र मार्फत सञ्चालन भएका कार्यक्रमहरुको बारेमा कार्यालयका निमित्त प्रमुख कमल प्रसाद आचार्यले प्रस्तुतिकरण गरेका थिए, भने कार्यक्रमको सञ्चालन वैद्य निरीक्षक पशुपति पन्थीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img