पत्रकार महासंघ काठमाडौं शाखामा प्रेस युनियनको ताला

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा तालावन्दी गरेको छ ।
पत्रकार महासंघ काठमाडौं शाखाले सक्रिय पत्रकारहरुलाई सदस्यता नवीकरण गर्न छुटाइएको तथा गैह्र पत्रकारहरुको सदस्यता नवीकरण गराएको भन्दै प्रेस युनियन काठमाडौं शाखाले उपाध्यक्ष रोमन आचार्यको नेतृत्वमा महासंघ काठमाडौं शाखामा बुधबार तालाबन्दी गरेको हो ।
‘नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष र महासचिवद्वारा हस्ताक्षर भएको सदस्यताको नामावलीप्रति नेपाल प्रेस युनियन काठमाडौ शाखाको गम्भीर असहमती छ’ उपाध्यक्ष आचार्यले भने ।
उपाध्यक्ष आचार्यले महासंघको सदस्यता सुद्धिकरणका नाममा धेरै सक्रिय पत्रकारहरुलाई बाहिर राखेर सार्वजनिक गरिएको नामावलीप्रति युनियनको असहमती रहेको बताए ।
‘अहिले आएको सूचीप्रति हाम्रो असहमती छ, हामीलाई मान्य छैन, पत्रकार महासंघको सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभा अघि नवीकरण गरेकाहरुको पनि सुद्धिकरण हुनुपर्छ’ आचार्यले भने ।
प्रेस युनियन काठमाडौं शाखाले महासंघ काठमाडौ शाखाको नयाँ सदस्यता महासंघ केन्द्रबाट प्रकाशित नामावलीमा उल्लेख नभएकोमा चिन्ता व्यक्त गरेको छ ।
‘प्रेस युनियन काठमाडौ शाखा प्रक्रिया पूरा गरेर आएका नयाँ सदस्यलाई पनि निर्वाचनमा सहभागी गराइनु पर्छ भन्ने मान्यता राख्दछ । सदस्यता आह्वान गरेर प्रक्रिया पूरा गर्दै आएका पत्रकारहरुलाई महासंघको सदस्यताबाट बन्चित गरिनु हामिलाई मान्य छैन । यस्तै महासंघको प्रकाशित सदस्यता नामावलीमा केही गैह्र पत्रकारहरुको नामावली रहेको गुनासोसमेत आइरहेको हुँदा त्यस्ता नामावलीको सही र पारदर्र्शी तरिकाबाट छानविन होस भन्ने हाम्रो माग छ । यी माग पूरा नहुँदासम्म प्रेस युनियन काठमाडौ शाखा यो तालाबन्दी कायम राख्दछ।’ प्रेस युनियन काठमाडौं शाखाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
युनियन काठमाडौं शाखाले गरेको तालाबन्दी कार्यक्रमप्रति ऐक्यवद्धता जनाउन युनियनका उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल, युनियनका केन्द्रीय सचिव लालकुमार मुक्तानसहित जिल्ला शाखका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

शब्द, शास्त्र र विज्ञानको संगम : ‘शब्दशास्त्रविज्ञानम्’ को लोकार्पण

लोकप्रिय गायक मोतिराज खनालको “कम्मरु भाँचौंला” तीजगीत इन्द्रेणीमा विमोचन

५ महिनापछि देउवा नेपाल फर्किए, पार्टी एकताका लागि गरे आव्हान

‘कश्यप ज्योतिःसार’ लोकार्पण हुँदै

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा बजेट पर्याप्त छ: मन्त्री लम्साल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img