२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार
spot_img

एमाले अर्घाखाँचीमा पिताम्बर भुसाल सर्वसम्मत चयन, उपाध्यक्ष र उपसचिवमा मतदान जारी

अर्घाखाँची, २७ जेठ । नेकपा एमाले अर्घाखाँचीको नवौं जिल्ला अधिवेशनबाट पिताम्बर भुसाल सर्वसम्मत् रुपमा अध्यक्ष निर्वाचित भएका छन्।

शनिबारदेखि सन्धिखर्कमा सुरू भएको अधिवेशनमा निवर्तमान अध्यक्ष समेत रहेका भुसाल आगामी तीन वर्षे कार्यकालका लागि पनि सर्वसम्मत् रुपमा अध्यक्ष निर्वाचित भएका हुन्।

भुसाल यसअघि २०७८ सालमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पनि सर्वसम्मत अध्यक्ष निर्वाचित भएका थिए।

तीनवटै तहका गत निर्वाचनमा गठबन्धनको घेराबन्दीलाई तोड्दै संघीय र प्रदेशका सबै क्षेत्र तथा स्थानीय तहमा अधिकांश क्षेत्रमा एमालेलाई विजयी बनाएको भन्दै आगामी कार्यकालका लागि पनि भुसाललाई नेतृत्व सुम्पन पार्टीका जिल्लादेखि केन्द्रसम्मका नेताहरूले प्रतिनिधिलाई सुझाव दिएका थिए।

सोही अनुरुप आइतबार अगाडि बढाइएको निर्वाचन प्रक्रियामा अध्यक्षका लागि भुसालको मात्र उम्मेदवारी परेपछि उनि सर्वसम्मत् निर्वाचित भएको एमाले जिल्ला प्रचार विभाग प्रमुख शोभाखर पन्थीले जानकारी दिए।

अध्यक्षमा भुसाल निर्विरोध भएसँगै सचिवमा पनि निवर्तमान सचिव तोजबहादुर रायमाझी पुनः निर्वारोध निर्वाचित भएका छन्। सचिवमा पनि रायमाझीको मात्र उम्मेदवारी परेपछि उनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

८७ सदस्यीय जिल्ला कार्यसमितिमा उपाध्यक्ष र उपसचिव लगायत सदस्य पदहरूमा भने एक जना भन्दा बढीको उम्मेदवारी परेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको निर्वाचन समितिले जनाएको छ।

समितिका अनुसार उपाध्यक्षमा प्रेमनारायण गैरे र शम्भु पोखरेलको उम्मेदवारी परेको छ। त्यस्तै खुल्ला उपसचिवमा खगेश्वर केसी र श्रीकृष्ण भुसालकाे,उम्मेदवारी परेसँगै मतदान आईतबार बेलुकादेखि भईरहेकाे छ । महिला उपसचिवमा गिता भाट क्षेत्री र शिवकला विककाे उम्मेदवारी परेसँगै मतदान भईरहेकाे छ ।

अधिवेशनमा भूगोल तथा विशेष इलाकाको ६५ शाखा, २१ वटा जनसंगठन र आयोजक कमिटीबाट गरी ५ सय ६२ जना प्रतिनिधि सहभागी छन्। अधिवेशनको एमालेका सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज पद्यमा अर्यालले शनिबार सन्धिखर्कमा उद्घाटन गर्दै वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म रहने बताएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img