१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार
spot_img

जनसेवा मावि झन्द्रेकका प्रावि शिक्षक, मावि गणितमा उत्कृष्ट नतिजाको आधारमा सम्मानित

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकाले उत्कृष्ट नतिजा प्राप्त गर्ने शिक्षक, विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

गाउँपालिकाले ३१ जना विद्यार्थी, २३ जना शिक्षक कर्मचारी तथा ५ जना अवकाश प्राप्त शिक्षकहरूलाई सम्मान गरेको हो । सम्मानित हुने मध्ये लगातार दोस्रो पटक प्राविका शिक्षक गोविन्द पौडेलले मावि तर्फ पालिकामै गणितमा उत्कृष्ट नतिजा ल्याउँदै सम्मानित भएका छन् ।

उनी जनसेवा माविका प्रावि स्थायी शिक्षक हुन । पौडेललाई गाउँपालिकाले २०७८ र २०७९ को एसईई परीक्षामा गाउँपालिका भरमा उत्कृष्ट औसत सिकाइ उपलब्धिका आभारमा सम्मानित गरेको हो । प्राविका शिक्षक भए पनि मावि तर्फ उत्कृष्ट नतिजा दिन सफल भएको भन्दै शिक्षक पौडेलको चर्चा भइरहेको छ । पौडेल २०७६ सालमा प्रावि शिक्षकका रूपमा स्थायी भएका थिए ।

शिक्षक पौडेल विगत १५ वर्ष देखि शिक्षण पेशामा आवद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img