बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्पेलेक्समा भीषण आगलागी

बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ । मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागीका कारण मार्टको तेस्रो तलामा रहेको खलकुद र स्टेसनरीका सामानहरु जलेर नष्ट भएका छन् ।

आगलागी नियन्त्रणका लागि रुपन्देहीका ६ वटा दमकल आगलागी स्थलमा पुगेका हुन । आगो नियन्त्रणमा आएको बताईएको छ । स्थानीय र प्रहरीले आगलागी नियन्त्रणको प्रयास गरेका थिए ।

बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने मार्टका संचालक घनश्याम पाठकले बताए । शिक्षण पेशाका अगुवाहरुले संचालन गरेको डेल्टा मार्टले पछिल्लो समय बुटवलमा लोकप्रियता कमाउँदै गएको थियो । तल्लो तलामा जुत्ता बजार रहेको मार्टमा ग्रोसरी, स्टेसनरी, खेल सामाग्री लगायतका सामाग्रीहरु बिक्रि वितरण हुँदै आएको सञ्चालकले बताएका छन् ।

आगलागी पूर्ण नियन्त्रणमा आउन अझै २-३ घण्टा लाग्न सक्नेइलाका प्रहरी कार्यालय बुटबलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img