काठमाडौँ, अषाढ ८ । नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति काठमाडौँको सातौं जिल्ला अधिवेशन नेपाल ज्योतिष परिषद्को केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौँमा सम्पन्न भएको छ ।
अधिवेशनले ज्यो.गोकर्णहरि दाहालको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षहरुमा नरेश श्रेष्ठ, पवित्रा खड्का, जय किशोर झा, सचीवमा बिनोद बराल, सहसचिवहरुमा विनोदराज पाण्डे, रोबिन जोशी, कोषाध्यक्षमा श्रीकृष्ण गौतम, सहकोषाध्यक्षमा दुर्गाबहादुर कुँवर निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा खेमराज घिमिरे, नवीन दाहाल, गोपालप्रसाद निरौला, ज्ञानुमाया लामा, मधुसूदन कंडेल, दिपक प्रसाद अर्याल र देवराज निरौला निर्वाचित हुनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल ज्योतिष परिषद्का संस्थापक अध्यक्ष एवम् प्रमुख सल्लाहकार पन्चाङ्गकार डा लोकराज पौडेलले ज्योतिष परिषद् विधान र नियम अनुसार अघि बढेकोले यो स्थितिसम्म आउन सकेको बताउनुभयो । उहाँले ज्योतिषीहरुको हकहित र ज्योतिषशास्त्रको संरक्षणको लागि ज्योतिष परिषद् विगत साढे दुई दशक देखि लागेको र आगामी दिनमा थप सशक्त भएर अघि बढ्न शुभकामना दिनुभयो ।
परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेले परिषद्ले आजका दिनसम्म विभिन्न आरोह अवरोहका बाबजुद यहाँसम्म आइपुगेको बताउँदै आगामी दिनमा संस्थालाई अघि बढाउन थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँंले ज्योतिष परिषद् काठमाडौँ केन्द्रको अङ्ग भएकोले अत्यन्तै नजिक भएर काम गर्नुपर्ने भएकोले आगामी दिनमा थप सक्रिय भएर लाग्न शुभकामना व्यक्त गर्नुभयो ।
दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका सभापति एवम् नेपाल पन्चाङ्ग निर्णायक विकास समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले ज्योतिष परिषद् एक प्रजातान्त्रिक अभ्यासबाट विधिसम्मत् अधिवेशन गर्ने संस्था रहेको बताउँदै काठमाडौ जिल्लालाई थप क्रीयाशिल बनाउन आग्रह गर्दै पुरानै अवस्थामा जस्तो सक्रिय बन्न शुभकामना दिनुभयो ।
उद्घाटन सत्र अध्यक्ष गोकर्णहरि दाहालको अध्यक्षता, निवर्तमान उपाध्यक्ष नरेश श्रेष्ठको स्वागत मन्तव्य एवम् बागमती प्रदेशका महासचिव भिमप्रसाद पौडेलको सन्चालनमा सम्पन्न भएको थियोे । नेपाल ज्योतिष परिषद्ले केन्द्रीय उपमहासचिव लिलाराज शर्मालाई प्रमुख निर्वाचन अधिकृत, केन्द्रीय सदस्य शिवलाल पौडेल निर्वाचन सचीव र वागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष दिपक शर्मा दाहाल निर्वाचन सदस्यको रुपमा खटाएको परिषद्का महासचिव कमलप्रसाद काफ्लेले जानकारी दिए ।
निर्वाचन सम्पन्न भएपछि सपथग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा दक्षिण एसियाली ज्योतिष महासंघका उपमहासचिव अच्युतमणी आचार्य, विश्व ज्योतिष महासंघका महासचिव राजिव आचार्य, नेपाल ज्योतिष परिषद् बागमती प्रदेशका अध्यक्ष विष्णुप्रसाद तिमल्सिना, केन्द्रिय अध्यक्ष माधवराज पाण्डे, संस्थापक अध्यक्ष लोकराज पौडेल लगायतले बधाई तथा शुभकामना दिदै काठमाडौ जिल्लालाई उत्कृष्ट जिल्ला बनाउन निर्देशन दिनुभएको थियो ।
उक्त समारोह प्रमुख निर्वाचन अधिकृत एवम् केन्द्रीय उपमहासचिव लिलाराज शर्माको अध्यक्षता, संस्थापक अध्यक्ष लोकराज पौडेलको प्रमुख आतिथ्यता एवम् निर्वाचन सचीव एवम् केन्द्रीय सदस्य शिवलाल पौडेलको सहजीकरणमा सम्पन्न भएको थियो ।