ललितपुर, अषाढ ८ । नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समितिले दशदिने वास्तुशास्त्र प्रशिक्षण कार्यक्रम सम्पन्न गरि आज एक समारोहका बिच सम्पन्न गरेको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका पुर्व मन्त्री माननीय सांसद रामकृष्ण चित्रकारले हाम्रो पुर्वीय दर्शन र हाम्रो संस्कृति वैग्यानिक रहेको र हामीले नै हाम्रो संस्कृती बिर्सेर पाश्चात्य संस्कृति अवलम्बन गर्न लागेकोले त्यस तर्फ लाग्न नहुने र क्रमिक रुपमा पुर्वीय संस्कृतिमै आनन्द भएको र यसको महत्त्व र गरिमाको महत्त्व बुझिदै गएको बताउनुभयो । उहाँले विहानीले दिवाको संकेत गर्दछ भनेझैं ललितपुर जिल्लाले उत्कृष्ट कार्यको सुरुवात गरेको बताउदै वेदको अनुसन्धान गर्दै विश्व अघि बढिरहेको अवस्थामा हामी किताबको रुपमा मात्रै वेदलाई बुझेकोले पछी परेको बताउनुभयो ।
नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेले ज्योतिष परिषद् ललितपुरले गरेको कार्यको उच्च प्रशंसा गर्दै आगामी दिनमा थप रचनात्मक एवम् व्यवहारोपयोगी र समाज उपयोगी कार्य गर्न सल्लाह दिनुभयो ।
दशदिने वास्तुशास्त्र प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक नेपाल ज्योतिष परिषद्का केन्द्रीय वरिष्ठ सदस्य आचार्य लक्ष्मण पन्थीले दशदिन सम्म फिल्ड भिजिट सहित पूर्वीय वास्तु, आधुनिक वास्तु र पन्चतत्व सम्बन्धि प्रशिक्षण दिनुभएको थियोे । प्रशिक्षण कार्यक्रम आषाढ १ गते ८ गते सम्म सन्चालन भएको र ९ र १० गते प्रशिक्षार्थीहरुलाई फिल्ड भिजिट गराइने जानकारी प्रशिक्षकले गराउनुभयो ।
कार्यक्रममा विश्व ज्योतिष महासंघका सहअध्यक्ष वरिष्ठ वास्तुविद् डा.माधवमंगल जोशी, दक्षिण एसियाली ज्योतिष महासंघका वरिष्ठ सल्लाहकार भारत बाट पाल्नुभएका डा जयन्त किर्ती सरस्वती छ्डीवाले बाबा, अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिव लिलाराज शर्मा, केन्द्रीय सदस्य शिवलाल पौडेल, जैन मन्दीरका पूर्वअध्यक्ष पंकज कुमार जैन, ललितपुर उद्योग वाणिज्य संघका सदस्य सुदन बज्राचार्य, दक्षिण एसियाली ज्योतिष महासंघका सदस्य प्रेमप्रसाद पन्थी लगायतको उपस्थिती रहेको थियो । समापन समारोह नेपाल ज्योतिष परिषद् ललितपुरका अध्यक्ष सुभद्रीका शर्मा राजोपाध्यायको अध्यक्षता, सदस्य सुरोज बज्राचार्यको स्वागत मन्तव्य एवम् सचिव योगिता जोशीको सन्चालनमा सम्पन्न भएको थियो ।