अर्घाखाँची, ९ असार । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. १ पणेनाका लक्ष्मी पोख्रेल बाँसबाट बनाउँन सकिने १ महिने तालिममा सहभागी भईन् । बाँसको उपयोगिता बारेमा प्रयोगमा आउँने सन्दर्भमा जानकारी नभएकी लक्ष्मीले तालिमबाट बाँसबाट बन्ने सामग्रीहरुको बारेमा धेरै कुराहरु सिकेको बताउँदै निरन्तरता दिनुपर्ने बताईन् । उनले तालिममा एउटा मुडा बुन्नका लागी १० देखी १२ दिनमा पहिलो मुढा मुन्न समय लागेको अनुभव सुनाईन् ।
एक महिनामा केही सिकिन्छ भन्ने लागेको थिएन, बाँसको फेददेखी टुप्पोसम्म सदुपयोग हुने खालको तालिम सञ्चालन गर्दा राम्रो हुने बजारमा माग भएकाले निरन्तरता दिनुपर्ने लक्ष्मीले बताईन् ।
६० फुटको बाँसमा ३० वटा आँखा हुने, ती सबै प्रयोग आउने भएकाले बाँसको बिउ ल्याएर लगाएको छ, जोगाउने जिम्मा हजुरहरुको सुत्रलाई फलो गर्दै काम गर्नु हुनेछ, अहिले प्रविधिको जमानामा काम गर्न सजिलो छर, मैले सिक्दा शुल्क तिरेर ल्याएको, इच्छाशक्ति भएमा सिक्न सकिन्छ ३० दिने तालिमका प्रशिक्षक तुलमान राईले भने ।
तालिममा सिकेको कुरा सधैभरी प्रयोगमा ल्याउन आग्रह गर्दै तयार गरेको मुढाको बजार राम्रो छ, बजार व्यवस्था गर्न पनि सकिन्छ, वडा सदस्य शान्ता गौतमले भनिन् ।
तालिमको उद्देश्य जे हो त्यही अनुसार सिकेको कुरा व्यवहारमा लागु गर्दै तालिम तालिमका लागि होइन, केही गर्नका लागि हो, मुढा तपाईहरुले किन्न नपरोस्, मुढाको बजार छ, वडा अध्यक्ष कमलप्रसाद पोख्रेलले बताए ।
मुढा बनाउन गाह्रो हुने आफ्नो अनुभव सुनाएपनि यस कार्यलाई निरन्तरता दिएर जीविकोपार्जनको स्रोत बनाइ उधमी बन्नु भो भने फलदायी हुन्छ, स्तरोन्नतिलाई मनन गरिराखेका छौँ, कार्यक्रमको लागि झकझकाउन पर्यो, फलदायी भएको मससुस हुने गाउँपालिकाका उपाध्यक्ष नर्मदा पौडेलले बताईन् ।
समापन कार्यक्रम पाणिनी गाउँपालिका योजना शाखाका सहायकस्तर पाचौँ राजन महत्राको अध्यक्षता, कर्मचारी डम्मर डाँगीको सञ्चालनमा सम्पन्न भएको हो । तालिम १ महिनासम्म सञ्चालन भएको हो । कार्यक्रममा वडा सदस्य टुक बहादुर दर्लामी लगाएत सहभागी थिए ।