१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार
spot_img

पाणिनिमा आर्थिक वर्ष २०८१/०८२ को बजेट सर्वसम्मतले पारित

अर्घाखाँची । पाणिनि गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ को वजेट सर्वसम्मत रुपमा पारित गरेको छ ।

गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेलले प्रस्तुत गरेको बजेट दोस्रो गाउँसभाको पाँचौँ अधिवेशनबाट सर्वसम्मत रुपमा पारीत गरीएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि कूल ६५ करोड ८० लाख ९४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

गाउँपलिकाको विकास जनप्रतिनिधिहरुको अभिभारा रहेको भन्दै पालिका उपाध्यक्ष नर्मदा पौडेलले एकै पटक सबै योजना समेट्न नसकिने भएकोले क्रमश विकासलाई गति दिने बताईन ।

गाउँपलिकाले आर्थिक वर्ष २०८०/०८१ मा हाल सम्म चालुतर्फ ५९.६४ प्रतिशत र पुंजिगततर्फ ५२.९५ प्रतिशत गरी समग्रमा ५७.८५ प्रतिशत बजेट खर्च भएको उपाध्यक्ष पौडेलले जानकारी दिईन ।

गाउँपालिकाले असार ९ गते नीति तथा कार्यक्रम पेश गरी सर्वसम्मत पारीत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img