२८ कार्तिक २०८१, बुधबार
२८ कार्तिक २०८१, बुधबार
spot_img

भूमिकास्थानले ल्यायो ८६ करोड ८८ लाखको बजेटः स्वरोजगार र उत्पादन पहिलो प्राथमिकता

गोपाल प्रसाद भट्टराई
असार–११,अर्घाखाँची
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि ८६ करोड ८८ लाख ४७ हजार रुपैयाँको बजेट पेश गरेको छ ।

सोमबार सम्पन्न नगरसभा तथा १५ औँ अधिवेशनमा नगर उप–प्रमुख बालकृष्ण बन्जाडेले बजेट पेश गर्नुभएको हो । यो बजेट चालू आर्थिक वर्षको भन्दा ३० लाख ११ हजार रुपैयाँले बढी हो । चालु आर्थिक वर्षमा भूमिकास्थानले ८६ करोड ५८ लाख ३६ हजार बराबरको बजेट खर्च गरिरहेको छ ।

spot_img

नगर उप–प्रमुख बालकृष्ण बन्जाडेले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको कुल बजेट मध्ये ५७ करोड १० लाख ६२ हजार अर्थात ६५.७३ प्रतिशत चालु तर्फ विनियोजन गरिएको छ भने २९ करोड ७७ लाख ८५ हजार अर्थात ३४.२७ प्रतिशत रकम
पुँजीगत तर्फ छुट्टयाइएको छ । भूमिकास्थानको कुल बजेटमा ७० लाख रुपैयाँ आन्तरिक आय हुने अनुमान छ ।
प्रस्तुत बजेटमा संघिय वित्तीय सामानीकरण अनुदान ११ करोड ०२ लाख, संघिय सशर्त अनुदान ३५ करोड ५२ लाख ६५ हजार, संघिय राजश्व बाँडफाँड ११ करोड १लाख ११ हजार, संघिय सरकार विशेष अनुदान पुँजीगत ५५ लाख, संघिय सरकार
समपूरक अनुदान पुँजीगत १ करोड, संघिय सरकार रोयल्टी २७ लाख ८८ हजार प्राप्त हुने प्रक्षेपण गरिएको छ । यस्तै प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ७४ लाख ८२ हजार, प्रदेश सरकार समपूरक अनुदान १ करोड ५ लाख, प्रदेश
नवप्रवर्द्धन म्याचिंग १ करोड, प्रदेश सशर्त अनुदान १ करोड १० लाख र प्रदेश राजश्व बाँडफाँड तर्फ १ करोड ४० लाख रहने आंकलन गरिएको छ ।

आगामी आर्थिक वर्षमा तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि भूमिकास्थानले १० करोड ६९ लाख ८१ हजार विनियोजन गरेको छ । भने जेष्ठ नागरिक दीर्घसेवा सम्मान तथा सामाजिक सुरक्षा कर्यक्रमको लागि १८ करोड ५०
लाख विनियोजन भएको छ । भूमिकास्थानले जेष्ठ नागरिक दीर्घसेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रम बाहेकको कुल विनियोजित बजेट ६८ करोड ७४ लाख ३८ हजार मध्ये
आर्थिक विकास तर्फ ३२ करोड ८९ लाख ९४ हजार अर्थात ५ प्रतिशत, सामाजिक विकास तर्फ ३९ करोड ७९ हजार ३१ हजार अर्थात ५८ प्रतिशत, पूर्वाधार विकास तर्फ १३ करोड ९१ लाख अर्थात २० प्रतिशत, वन वातावरण तर्फ ४० लाख र सुशासन तथा संस्थागत विकास क्षेत्रमा १० करोड ९९ लाख ४९ हजार अर्थात १६ प्रतिशत बजेट विनियोजन गरेको छ ।

भूमिकास्थान नगरपालिकाले आगामी आर्थिक वर्षमा रोजगारी, स्वरोजगार र उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने नीति लिएको नगर प्रमुख झविलाल थापाले बताउनुभएको छ । जस अनुसार नवप्रवर्द्धनात्मक कार्यक्रम अन्तरगत कर्मशील जनशक्ति परिचालन गर्ने, बाँझो जग्गामा व्यवसायीक खेती गर्न
सूचीकृत बेरोजगारलाई काममा लगाउने, आगामी आर्थिक बर्षमा ५ सय व्यक्तिलाई स्वरोजगार बनाउने गरी हस्तकलाका सामग्री उत्पादन र बजारीकरणमा संलग्न गराउने नगरपालिकाले निति तथा कार्यक्रम बनाएको नगर प्रमुख थापाको भनाई छ

भूमिकास्थानले नगरस्तरिय मुख्य सडकको अतिरिक्त वडा स्तरका १० वटा सडकमा समेत कालोपत्रेको कार्य प्रारम्भ गर्ने गरि बजेटको व्यवस्था गरेको छ । यस्तै आगलागी बाट हुने जोखिम न्यूनिकरणको लागि नगरपालिकाले सामूदायिक
वनसँगको समन्वयमा वस्तिको नजिक रहेका पातपतिंङ्गर तथा झाडि संकलन गरी कम्पोष्ट मल बनाउने निति लिएको छ ।
यस्तै भूमिकास्थानले पूर्वाधार, भू–उपयोग र अधुरा योजनाहरूको निरन्तरता दिने, कृषि तथा पशुविकास कार्यक्रम, शिक्षा विकास, नियमित सडक मर्मत/सम्भार, स्वास्थ्य सेवा, वातावरण, सरसफाइ एवम् हरियाली निर्माण सूचना प्रविधि तथा डिजिटल प्रणालीको उपयोग, सहकारी तथा रोजगार
प्रर्वद्धन, पर्यटन तथा उद्योग र वाणिज्य प्रवर्द्धन तथा युवा तथा खेलकुद विकासलाई प्राथमिकतामा राखेको प्रमुख प्रशासकिय अधिकृत जग्दिशचन्द्र नेपालीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img