५ फाल्गुन २०८१, सोमवार
५ फाल्गुन २०८१, सोमवार
spot_img

शितगंगगा नगरपालिकाको १५ औँ नगरसभा यस्ता निर्णय गर्दै सकियो

घनश्याम पौडेल
अर्घाखाँची, ११ असार । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको १५ औँ नगरसभा सकिएको छ । असार ७ गते निति तथा कार्यक्रम पेश गरेको नगरसभाले असार ८ गतेका दिन वार्षिक बजेट तथा कार्यक्रम सभामा पेश गर्दै सर्वसम्मतले पारित गरेको नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालले बताउँनुभयो ।

नगरसभाको बैठकको पहिलो अधिवेशनको पहिलो बैठकबाट निति तथा कार्यक्रम स्वीकृत गर्ने, लेखापरिक्षण प्रतिवेदनमा उल्लेखित बेरुजु तथा दिईएका सुझावलाई मध्यनजर गर्दै बेरुजु फछौँटको प्रक्रिया अगाडी बढाउँने, आगामी दिनमा बेरुजु कायम नहुनेगरी कार्यसम्पादन गर्ने निर्णय नगरसभाले गरेको नगरप्रमुख छविलाल पौडेलले जानकारी दिनुभयो ।

लेखापरिक्षण हुदाँ औल्याईएका बेरुजुहरुमध्ये महालेखा परिक्षकको कार्यालय समक्ष फछौँटको लागी पेश गर्ने, न्यायिक समितीले गरेका कामलाई अझ प्रभावकारी रुपले अगाडी बढाउने नगरपालिकाका उपप्रमुख गिता भाटले बताउँनुभयो ।

नगरसभामा पेश भएका विधेयकहरुमध्ये आर्थिक विधेयक–२०८१, विनियोजन विधेयक–२०८१ सभामा पेश भई विधेयक स्वीकृत भएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

यि हुन निर्णयहरुः

shitagangamun.gov.np/sites/shitagangamun.gov.np/files/2474 nagarsabha.pdf

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img