पत्रकार माधवले ३ दिनमा संकलन गरेको ४ लाख रुपैँया अमितको परिवारलाई  हस्तान्तरण 

अर्घाखाँची, १६ असार । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका   २ डाडाकटेरी निवासी दिपक रावलका १७ वर्षिय छोरा अमित रावललाई बचाउनको लागि पत्रकार तथा सामाजिक अभियान्ता माधब पौडेलले सहयोग अभियान मार्फत संकलन गरेको रकम रावलको घर परिवार लाई हस्तान्तरण गरेका छ्न ।
बिगत साढे दुई महिना देखि बिरामी रहेका अमित अहिले उपचारको लागि काठमाडौं  टिचिङ हस्पिटलमा छ्न् । उनकोे रोग अझै पत्ता लागेको छैन उनलाई ५ दिन देखि आईसियुमा राखी उपचार गरिएको छ। अस्पतालकोे भनाई अनुसार विरामीको प्रकृति हेर्दा १८ देखि २२ दिन सम्म  बेहोस अबस्था मै राखी उपचार गर्नु पर्ने बताउँछ ।
 १७ बर्षका अमित श्री हरिहर माबीमा कक्षा ११ मा अध्यन गर्थे । उनको परिवारमा यो समस्या आएको थाहा पाएपछि पत्रकार पौडेलले घरपरिवारको आर्थिक अवस्था कमजोर भएको र आर्थिक समस्या आइपरेको जानकारी पाएसँगै  सामाजिक संजालमार्फत सहयोगको लागि अपिल गरेका थिए । तीन दिनको अभियानमा चार लाख चौध हजार तीन सय एकाउन्न रुपैँया अमितको बुवा दिपक रावलको ग्लोबल आइएमई  बैंकमा रहेको खातामा जम्मा गरिदिएका हुन ।  जम्मा गरिएको रकम पाणिनी गाउँपालिका २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेल, पाणिनी गाउँपालिका  पुर्व अध्यक्ष अच्युत गौतम, प्रहरी चौकी खिदिमका असइ डिलबहादुर राना, समाजसेबी माधब गौतम लगायतको रोहोबरमा घर परिवार लाई हस्तान्तरण गरिएको छ।
पत्रकार पौडेल स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका उपाध्यक्ष  संगै राष्ट्रिय टेलिभिजन टिभी टुडेमा पनि काम गर्दछ्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img