घनश्याम पौडेल
अर्घाखाँची, २५ असार । चालु आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले गरेका कामहरु अन्र्तगत वित्तिय प्रगती अर्घाखाँचीका दुई स्थानिय तहले सार्वजनिक गरेका छन् । पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले चालु आर्थिक वर्षको सम्पुर्ण खर्च तथा भुक्तानी कार्य बन्द भएको जानकारी गराउँदै चालु र पुजीँगत खर्चको विवरण सार्वजनिक गरेका हुन । पाणिनी गाउँपालिकामा चालुतर्फ ८३.४८ प्रतिशत अर्थात ५० करोड, ४ लाख ७९ हजार ९ सय खर्च भएको हो । त्यस्तै पुजिँगततर्फ ८५.९२ प्रतिशत अर्थात १६ करोड १ लाख ४६ हजार २ सय ६३ रुपैँया खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले हिन्दुखबरलाई जानकारी दिनुभयो ।
छत्रदेव गाउँपालिकाको सार्वजनिक
चालु आर्थिक वर्षमा छत्रदेव गाउँपालिकाले ८४.१६ प्रतिशत अर्थात ४८ करोड ४ लाख ४४ हजार १ सय २६ रुपैँया खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो । चालु खर्च तर्फ ८३.७४ प्रतिशत अर्थात ३१ करोड ६१ लाख ४३ हजार ७ सय ८७ र पँुजीगत तर्फ ८५.०० प्रतिशत अर्थात १६ करोड ४३ लाख ३ सय ३९ रुपैँया खर्च भएको प्र.प्र.अ पाण्डेले बताउँनुभयो । दुबै स्थानिय तहले निति तथा कार्यक्रम र बजेट कार्यान्यनमा सहयोग पु¥याउँने जनप्रतिनिधी, कर्मचारी, गाउँपालिकाबासीँलाई धन्यवाद दिएका छन् ।