ओली प्रधानमन्त्री बन्नः दुई तिहाइ सांसद र दलको लिखित समर्थन तयार हुदैँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोली शुक्रबार विश्वासको मत लिदैँ छन् । काँग्रेस, एमाले, राप्रपा सहितका दलहरुले विश्वासको मत नदिने भएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउँने सम्भावना छैन् । विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त हुनेछन् । पदमुक्त भएसँगै सत्ता साझेदारी गर्न लागेका संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले शुक्रवारै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष जानकारी दिने तयारी गरेका छन् ।
संसदको प्रक्रिया सकिए लगत्तै एमाले संसदीय दलका नेता केपी शर्मा ओली काँग्रेसको समर्थन सहित दुई तिहाइ भन्दा बढी सांसदहरूको समर्थन रहेको जानकारी राष्ट्रपतिलाई गराउने तयारी छ । काँग्रेस, एमाले बाहेक अन्य साना दलका सांसहरुको पनि हस्ताक्षर संकलन गरिएको छ ।
नयाँ सरकार गठनको प्रक्रियालाई जटिल बनाउन प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको बेला कांग्रेस र एमालेले सांसदहरूको हस्ताक्षर समेत गराएर धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष आग्रह गर्ने तयारी भएको हो ।
माओवादी केन्द्रले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि धारा ७६ को उपधारा ३ को सरकार गठन हुने र देउवा प्रधानमन्त्री बन्ने जिकिर माओवादी सांसदहरुले गरिरहेका छन् । ।
 कांग्रेस र एमालेले दुई तिहाइ सांसदको हस्ताक्षर र दुईभन्दा बढी दलहरूको समर्थन ओलीलाई रहेको लिखित जानकारी राष््टरपतिलाई गराउन लागेको एक नेताले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img