राजीनामा दिनेबारे लुम्बिनीका मुख्यमन्त्री महरा आन्तरिक छलफलमा

बुटबल । फागुन २१ गते बनेको माओवादी–एमाले गठबन्धन अनुसार लुम्बिनी प्रदेशमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री भएका थिए । केन्द्रीय सत्ता फेरबदलसँगै पद धरापमा परेपछि उनी अन्योलमा छन् ।
असार २० गते सत्ता गठबन्धनको मुख्य दल एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन् । यद्यपि बहुमत गुमाइसकेको अवस्थामा राजीनामा दिने कि संविधान अनुसार संसदमा फेस गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको प्रदेशका माओवादी अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।
‘हामीसँग सरकार बनाउने बहुमत छैन । समीकरण फेरबदल भएपछि राजीनामा दिने कि संसदमा फेस गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको छ । ढिला नगरी निकास दिन्छौँ’, उनले भने ।
लुम्बिनीमा सुरुमा एमालेका लिला गिरी मुख्यमन्त्री भएका थिए । माओवादी–कांग्रेस समीकरण बनेसँगै उनी पदमुक्त भए । त्यसपछि कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री भएका थिए । दोस्रोपटक फेरि माओवादी–एमाले गठबन्धन बनेपछि चौधरी पदमुक्त भएका थिए ।
पछिल्लो गठबन्धन अनुसार लुम्बिनी एमालेको भागमा परेपछि फेरि गिरी नै मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
८७ सदस्यीय प्रदेश सभामा एमालेको २९, कांग्रेसको २७, नाउपाको ४, लोसपा, जसपा र जपाको तीन÷तीन सिट छ । विपक्षमा माओवादीको १० र एकीकृत समाजवादीको एक सिट छ । यस्तै राप्रपाको ४, राजमो र स्वतन्त्रको एक÷एक सिट छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img