रास्वपा अर्घाखाँचीको बैठक सम्पन्न, हरेक वडामा पार्टी संगठन निर्माण गर्ने निर्णय

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको जिल्ला समन्वय बैठक सदरमुकाम सन्धिखर्कमा आज सम्पन्न भएको छ ।

पार्टीका जिल्ला संयोजक हरिप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न बैठकले चार महिनाभित्र जिल्लाका सवै वडाहरुमा पार्टीको संगठन निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकमा पालिका सभापति तथा वडा सभापतिहरुले चार महिनाको कार्यप्रगति प्रतिवेदन पेश गरेका थिए । उनीहरुले रास्वपाप्रतिको जनविस्वास जनतामा कायम रहेको भन्दै जनताको घरदैलोमा जानुपर्ने निष्कर्ष सुनाएको पार्टी स्रोतले जनाएको छ ।

वडा सभापति तथा पालिका सभापतिको रायको आधारमा नै आफुहरुले जनतामा जाने निर्णय गरेको जिल्ला संयोजक भुसालले बताए । “हरेक चार महिनामा पार्टीको जिल्ला समन्वय बैठक बस्छ” भुसालले भने “अर्को बैठकसम्ममा सवै वडाहरुमा तदर्थ समिति गठन गर्ने प्रयास रहन्छ ।”

रास्वपा अर्घाखाँचीले वडा समितिको बैठक हरेक महिनाको एकपटक, पालिका समितिको वैठक हरेक दुर्य महिनामा एकपटक, क्षेत्रीय समितिको बैठक हरेक तीन महिनामा एकपटक र जिल्ला स्तरीय बैठक हरेक चार महिनामा एकपटक बस्ने निर्णय यसअघि नै गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img