सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृहको परिपत्र

काठमाडौं । सामाजिक सुरक्षाभत्ताको परिचयपत्र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले मातहतका निकायलाई परिपत्र गरेको छ । बाढीपहिरोका कारण ज्येष्ठ नागरिकलाई परिचयपत्र नम्बर बनाउन असहज भएकाले यससम्बन्धी पुरानो निर्णय कार्यान्वयन नगर्न गृहले गएको शुक्रवार परिपत्र गरेको हो ।
यसअघि साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरणका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने नियम लागू भएको थियो । तर, ज्येष्ठ नागरिकले दुःख पाएको गुनासो गरेपछि गएको असार २७ गते सरकारले तत्कालका लागि यो नियम स्थगित गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदले निर्णय गरे पनि यससम्बन्धी औपचारिक परिपत्र नआएको भन्दै पालिकाहरुले परिचयपत्र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्दै आएका थिए । अब अनिवार्य नगर्न मातहतका सबै निकायलाई परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार हिजो राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई पनि यसबारे जानकारी गराइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img