लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरे पदभार

लमही ,९ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री चेतनारायण आचार्यले पदभार ग्रहण गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले सुशासन प्रबर्द्धन र भष्ट्राचार न्यूनिकरणका लागि पाँच बर्षे रणनीतिक कार्ययोजना लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान गठबन्धन सरकार सुशासन कायम गर्न, प्रदेशको औचित्य पुष्टि गर्नेगरि काम गर्न प्रतिबद्द रहेको बताए । यो गठबन्धन सरकारलाई असफल हुने छुट नभएको भन्दै मुख्यमन्त्री आचार्यले जनताले प्रदेश सरकारको अनुभुती गर्नेगरी काम गर्ने बताए ।

केही दिनभित्र मन्त्रीहरुको कार्यविभाजन गर्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने जानकारी गराउनु भयो । पदभार ग्रहण पछि प्रमुख सचिव, सचिव तथा कर्मचारीहरु संग छलफल गर्दै मुख्यमन्त्री आचार्यले उच्च मनोबलका साथ जनताको पक्षमा काम गर्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img