घनश्याम पौडेल
अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ४ पटौटीका नवराज घिमिरे (पन्नाती कान्छा) को २०८१ सालको तिजको अवसरमा नयाँ तिजगित बजारमा आएको छ । नवराज घिमिरे एनआरजी क्रियसन युटुव च्यानलमार्फत बजारमा आएको तिजगितले पछिल्लो समय चर्चा कमाएको छ ।
१० दिन अगाडी बजारमा आएको तिजगित अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं। ४ पटौटीको देवीप्रभाव माध्यमिक विद्यालयको प्र्र्रागणमा सुटिङ्ग गरिएको हो । यसवर्षको तिजगित नवराज घिमिरेले नाच मेरी हिम्पोई शिर्षकमा बजारमा ल्याउनुभएको हो । बजारमा आएको तिजगित हिम्पोई खासगरी गाउँ घरमा चराचुरुङ्गी र जंगली जनावार बाट अन्नवाली जोगाउनको लागी तिनिहरुलाइ तर्साउनको लागि कुनै वस्तुमा जस्तै नाङ्लो,डोको आदिमा बस्त्र लेपन गरि मान्छे आकारको पुत्ला बनाएर राख्ने चलन चल्ती हो।
अर्घाखाँची जिल्लामा त्यसै अनुरुप हिम्पोइ बनेर नाच्ने गाउने हाम्रो मौलिक रितिरिवाज, पुरानो परम्परा हो त्यही परम्परालाई तिजगीत मार्फत प्रस्तुत गरिएको हो । यो गितमा विष्णु अजादको स्वर, बन्दना पराजुलीको गित, नवराज घिमिरेरचन्द्र घिमिरेको संगीत, बिनोद बाजुरालीको म्युजिक एरेन्जर रहको गित मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो । बुबा शिवलाल घिमिरे र आमा तिलिदेवी घिमिरेको कोखबाट २०३९ सालमा जन्मीनुभएका कलाकार घिमिरेले तिजगित मात्र होईन, उहाँले भजन, कृतन पनि बजारमा ल्याउँनुभएको छ । उहाँ हाल दुवईमा रहेतापनि नेपालमा आई गाउँठाउँकै संस्कृतिअनुसार गित बजारमा ल्याउँने गर्नुहुन्छ । उहाँले आधा दर्जन गित र आधा दर्जन भजन बजारमा ल्याउँनुभएको छ ।
हेर्नुहोस यो वर्षको तिजगितको पुरा भिडियो ।