पितामाता हाम्रा सकल टुहुरा देख्छु किन हाे?।
भरिन्छन् आँखा यी प्रणयवहले थिच्दछ गलाे ।।
झाेला भिर्दै जान्छौँ धुरुधुरु रुवाइकन पनि ।
पखालिन्नन् आँसु जतिजति पखाले पनि तिनी ।।१।।
आमाले भन्नुन्थ्याे सपूत सुत हे फर्क घरमा ।
यतै सानाे केही इलम गर आफ्नो मुलुकमा ।।
भयाै अल्छी धेरै परमुलुककाे आश गरिदा ।
खुसी हुन्थाैँ हाेला परिश्रम यहीँ गर्न पाउँदा ।।२
छाेराछाेरी भन्दै दिनदिन बगाई श्रम जल ।
म देख्दी हूँ ता ती सुखसयलका भव्य महल ।।
पिलाईद्याै पानी एकल निमुखाकाे मुखभरी ।
भए तिम्रै प्यारा मनुज रचना याे सब हरि ।।३।।
विदेशी हुन् छाेरा टुलुटुलु कठै!हेर नबस ।
सुमार्गै पैलाई समय गतिकाे मंगलमय ।।
समस्या ऐलेकाे सकल जनकाे भाैतिक भयाे ।
हरे कृष्ण काले युग विवसता सम्झिन पराे ।।४।।
बुबाआमा छाेडाैँ दिन पनि भयाे बस्नु अबता ।
तिम्रै लागी आश्रम् हर तबरले स्वर्ग सरिका ।।
त्यहीँ भुल्छन् बृद्धा मन खुसि बनाएर तनमा ।
तपस्या गर्ने हाे सकल हरिकृष्ण भजनमा ।।५।।
छ तिम्रो वाणीमा मन विजय गर्ने मृदुरस ।
सुमार्गै हाे हाम्रो समय गतिकाे माैन नबस ।।
पितामाताजीकाे अतीतसमय पल्टिन गयाे ।
साैभाग्य हाे भन्दै सकलजनकाे आश्रम भयाे ।।६।।
सत्मार्गै पैलाई जप तप गरी पुण्य गरनु ।
मिठा भाषाशैली हरिभजनमा लागि परनु ।।
विधाताकाे प्याराे मनुज परमार्थी छ बननु ।
महाज्ञानी शास्त्री सब मिलिजुली ध्यान गरनु ।।७।।
छन्द= शिखरिणी
(स्रष्टा =डिल्लीराज बेल्बासे, पाणिनि ५ मैदान अर्घाखाँची हाल लक्ष्मी मावि बन्दिपाेखरा पाल्पाकाे शिक्षक)
🙏🙏🙏 इति🙏🙏🙏