काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्यहरू भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाएको छ । हटाइएकामध्ये पुन माओवादी र आचार्य नेकपा एकीकृत समाजवादीनिकट छन् ।
पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंकलाइन महशुल बक्यौताको विषयमा प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिएका थिए । उनीहरूलाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट जिम्मेवारीबाट हटाइएको हो ।
सरकारले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि जिम्मेवारीबाट हटाउने तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई जिम्मेवारीबाट हटाउनेगरि मन्त्री दीपक खड्कालाई निर्देशन दिइसकेका छन् ।