वडास्तरिय राहत कोषमा संकलित १० लाख अग्नी पिडितलाई हस्तान्तरण

 गोपाल प्रसाद भट्टराई
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान–३ र ४ धारापानीका अग्निपीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ  । वडास्तरिय अग्निपीडित सहयोग समितिको कोषमा विभिन्न सहयोगीदाताहरुबाट सङ्कलन भएको १० लाख १२ हजार ६ सय ८८ रुपैयाँ रकम सोमबार एक कार्यक्रमका बिच २९ घर परिवारलाई भूमिकास्थान नगरप्रमुख झविलाल थापाद्धारा हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग रकम मध्ये आगलागीबाट पूर्णरुपमा घर गुमाएका कृष्णा ओलीलाई ६७ हजार ५ सय, मनिराम भुसाल ६६ हजार, बसन्ता मल्ललाई ६१ हजार ५ सय, देवी आलेलाई ६१ हजार ५ सय, दिउरी भुसाल, ऋषीराम भुसाल, रामजी भुसाल, झविलाल भुसाललाई जनही ६० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । आगलागीबाट वाल सहितको थारो र १ वटा पल्सर मोटरसाइकल गुमाउनुभएका यज्ञ प्रसाद भुसाललाई  ५० हजार, गंग बहादुर वि.क.लाई ४५ हजार, नरिश्वर भुसाललाई ३९ हजार, तिलक भुसाललाई ३५ हजार प्रदान गरिएको छ । यस्तै आगलागीबाट थारो गुमाउने बिष्णु घ.म., टिका भुसाल, रामु भुसाल, राजु भुसाल, डोल प्रसाद भुसाल र सिता वि.क.ले क्रमश ३० हजारका दरले राहत प्राप्त गर्नुभएको छ । त्यस्तै पुष्पा भुसाललाई २७ हजार, दुर्गा वि.क. २० हजार, शान्ता परियार १९ हजार ५ सय, र हुमकला भुसाललाई १७ हजार ५ सय रुपैंया हस्तान्तरण गरिएको छ । यस्तै पदम प्रसाद भुसाल, गंगा बहादुर भुसाल, शोभाखर बन्जाडे र भरत बन्जाडेलाई जनहि १५ हजार बितरण गरिएको छ । त्यस्तै भुपलाल भुसाललाई ७ हजार, शिवलाल भुसाल र पूर्ण बहादुर वि.क.लाई ५/५ हजार रुपैंया हस्तान्तरण गरिएको वडाध्यक्ष एवम् राहत संकलन÷बितरण समितिका संयोजक कृष्ण प्रसाद बन्जाडेले जानकारी दिनुभएको छ ।

राहत बितरण कार्यक्रममा बोल्दै भूमिकास्थान नगर प्रमुख झविलाल थापाले बिपद्को सामना गर्नु भन्दा घटना हुनै नदिने गरि पूर्व तयारी गर्नु आजको आवस्यकता रहेको बताउनुभएको छ । त्यसको लागि आगामी हिउँदको याममा सामुदायिक वन र सरोकारवालासंग समन्वय गरि वनपाखामा रहेका पात÷पतिङ्गर, घुस्हन र झाडी सोहोर्ने योजनामा नगरपालिका रहेको उहाँको भनाई छ । झाडी सफाई गर्दा निस्कने घुस्हनलाई डम्पिङ्ग गरि मल बनाउने र उक्त मल पालिकाको बाँझो जग्गामा खेती गर्ने अभियानमा प्रयोग गर्ने नगर प्रमुख थापाले योजना सुनाउनुभएको छ ।

गत चैत र बैशाख महिनामा भएको आगलागी र डढेलोमा भूमिकास्थान नगरपालिकाका विभिन्न वडामा २१ घर, २० गोठ जलेर नष्ट हुनुका साथै एक ४ बर्षिया बालिकाको समेत ज्यान गएको स्मरण गराउँदै उहाँले बिपत्तिमा सहयोग गर्ने सबैलाई धन्यावाद दिनुभएको छ । वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता, स्थानिय शिक्षक विरेन्द्र पौडेलको स्वागत मन्तव्य र वडा सचिव देवराज श्रेष्ठको संचालनमा सम्पन्न राहत बितरण तथा कोषको सार्वजनिक सुनुवाई कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी. र राहत संकलन समितिका सदस्य नारायण प्रसाद भुसालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँहरुले गत आर्थिक बर्षमा अर्घाखाँचीकै ठुलो बिपद्बाट भूमिकास्थानले सामना गर्नुपरेको स्मरण गर्दै बिपत्तिमा साथ दिने सबैलाई धन्यावाद दिनुभएको छ ।

समितिको कोषमा देश तथा विदेशबाट सङ्कलित रकम क्षतिको आधारमा विभाजन गरी हस्तान्तरण गरिएसँगै सहयोग सङ्कलन कार्य समेत सकिएको वडाअध्यक्ष बन्जाडेको भनाइ छ । राहत बितरण कार्यक्रममा स्थानिय राजनितिक दल, प्रहरी, पत्रकार, सामाजिक अगुवा, अग्नी पिडित र उनिहरुका आफन्तहरुको सहभागिता रहेको थियो । गत बैशाख ८ गते शनिबार दिउँसो करिब २ बजे जंगलबाट सल्किएको आगो बस्तीमा पस्दा धारपानीका ३० घर परिवार कुनै कुनै रुपमा प्रभावित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img