काठमाडौं । कारोबार रकममा लगातार कीर्तिमान बनाउँदै सेयर बजार उच्च बिन्दुतर्फको यात्रामा लागेको छ।
सोमबार ७०।८१ अंकले बढेर २९३१.६५ बिन्दुमा पुगेको बजारमा २७ अर्ब २४ करोड २० लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको छ।
यो साता पहिलो कारोबारमा आइतबार ९४.४६ अंकले बढेर २८६०.८४ बिन्दुमा पुगेको बजारमा २५ अर्ब ७७ करोड ९४ लाख रुपयाँको कीर्तिमानी कारोबार भएको थियो। सोमबार उक्त कीर्तिमान तोडिएको हो।
सोमबार १ सय ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको मूल्य घटेको छ। तीन कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। गएको साता चार दिन भएको कारोबारमा समग्रमा १०।७६ अंकको मात्र वृद्धि देखिएको सेयर बजारमा यो साता पहिलो र दोस्रो कारोबारमा नै व्यापक उछाल देखिएको हो।
गएको साता पहिलो कारोबारमा सोमबार बढेर मंगलबारको दोस्रो कारोबार व्यापक उतारचढावबीच ओरालो लागेको सेयर बजारमा बुधबारको कारोबारमा पुनः उछाल देखिएको थियो। बिहीबार भने बजार सामान्य हरियालीमा बन्द भएको थियो। शेयर बजारमा हिजो भएको २५ अर्ब ७७ करोड रुपैयाँको कारोबारको रेकर्ड आज नै तोडिएको हो ।
आज तीन सय ३९ वटा कम्पनीका ६ करोड ४८ लाख कित्ता शेयर २७ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् ।
उच्च कारोबारको रेकर्ड बनेको दिन नेप्से ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ विन्दुमा पुगेको छ ।