८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार
spot_img

अन्तर्राष्ट्रिय युवा दिवस: भूमिकास्थानमा तीनहजार बिरुवा रोपेर मनाइयो

गोपालप्रसाद भट्टराई
अर्घाखाँची, २९ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा वृक्षारोपण गरिएको छ । हरियाली सडक प्रवद्र्धन गर्ने उद्धेश्यले भूमिकास्थानको कार्यालय देखि घाटाखोला सम्म सडक छेउँमा वृक्षारोपण गरि दिवस मनाइएको हो ।

भूमिकास्थान पोखेडाँडादेखि घाटखोला सम्म विभिन्न प्रजातिका करिब ३ हजार बिरुवा रोपिएको छ । सामाजिक कार्यमा युवाहरुको लगाव बढाउन र नगरपालिकाको हरियाली सडक अभियानलाई टेवा पुर्याउन बिरुवा रोपेर युवा दिवस मनाइएको नगर स्तरिय युवा सञ्जालका अध्यक्ष टेकराज
भुसालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै भूमिकास्थान नगर प्रमखु झविलाल थापाले वातावरणीय तथा पर्यावरणीय सन्तुलन कायम राख्न वृक्षारोपण सँगै रोपिएका विरुवा संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभएको छ । नगर परिसरमा गुल्मर जातको फुलको बिरुवा रोपेर नगरप्रमुख थापाले वृक्षारोपणको उद्घाटन गर्नुभएको हो ।

नगर उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपाली, वडा नम्बर ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ सहित जनप्रतिनिधि, कर्मचारी र करिब ७० जना युवा स्वयंसेवकको उपस्थितिमा वृक्षारोपण गरिएको युवा सञ्जालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img