अन्तर्राष्ट्रिय युवा दिवस: भूमिकास्थानमा तीनहजार बिरुवा रोपेर मनाइयो

गोपालप्रसाद भट्टराई
अर्घाखाँची, २९ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा वृक्षारोपण गरिएको छ । हरियाली सडक प्रवद्र्धन गर्ने उद्धेश्यले भूमिकास्थानको कार्यालय देखि घाटाखोला सम्म सडक छेउँमा वृक्षारोपण गरि दिवस मनाइएको हो ।

भूमिकास्थान पोखेडाँडादेखि घाटखोला सम्म विभिन्न प्रजातिका करिब ३ हजार बिरुवा रोपिएको छ । सामाजिक कार्यमा युवाहरुको लगाव बढाउन र नगरपालिकाको हरियाली सडक अभियानलाई टेवा पुर्याउन बिरुवा रोपेर युवा दिवस मनाइएको नगर स्तरिय युवा सञ्जालका अध्यक्ष टेकराज
भुसालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै भूमिकास्थान नगर प्रमखु झविलाल थापाले वातावरणीय तथा पर्यावरणीय सन्तुलन कायम राख्न वृक्षारोपण सँगै रोपिएका विरुवा संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभएको छ । नगर परिसरमा गुल्मर जातको फुलको बिरुवा रोपेर नगरप्रमुख थापाले वृक्षारोपणको उद्घाटन गर्नुभएको हो ।

नगर उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपाली, वडा नम्बर ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ सहित जनप्रतिनिधि, कर्मचारी र करिब ७० जना युवा स्वयंसेवकको उपस्थितिमा वृक्षारोपण गरिएको युवा सञ्जालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img