टानको अध्यक्षमा उम्मेदवार दिएका सागर पाण्डे को हुन् ?

काठमाडौँ, २८ साउन । पर्वतीय पदयात्रा व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) को अध्यक्षका लागि सागर पाण्डेले उम्मेदवारी दिनुभएको छ ।

नेपालको पर्वतीय पर्यटनमा तीन दशकभन्दा लामो समय विताएका पाण्डेले आगामी भदौ १७ गते (सेप्टेम्बर २) मा हुन लागेको टानको वार्षिक साधारणसभा तथा निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिन लाग्नुभएको हो । विस २०२८ सालमा जन्मनुभएका गोरखा भीमसेन थापा गाउँपालिका वडा नं ६ अस्राङ निवासी पाण्डेले विस २०४९ सालमा त्रिचन्द्र क्याम्पसबाट विएस्सी उर्तिण गरेपछि पर्यटन क्षेत्रमा लाग्नुभएको हो । सानै उमेरदेखि केही गरौँ भन्ने भावनाका साथ अगाडि बढ्नुभएका पाण्डेले विएस्सीसम्मको पढाई सकेपछि साथीहरुसँगको पार्टनरमा हार्ड रक टे«क्स एण्ड एक्पीडिसन स्थापना गरी नेपालको पर्वतीय पदयात्रा पर्यटनलाई अगाडि बढाउनुभएको थियो ।

साथीसँग काम गर्दागर्दै पर्यटन क्षेत्रको अनुभव बटुल्नुभएका पाण्डेले सन् १९९८ मा आँफैले हिमालयन ग्ल्यासियर टे«किङ स्थापना गर्नुभयो । उक्त टे«किङ कम्पनी हालसम्म पनि सञ्चालनमा रहेको छ । टे«किङसँगै पाण्डे हस्पिटालिटी क्षेत्रमा समेत प्रवेश गर्नुभयो । सन् २००३ मा ठमेलस्थित गल्कोपाखा ओरालोमा होटल इन्काउन्टर स्थापना गरी हस्पिटालिटी क्षेत्रमा प्रवेश गर्नुभएका पाण्डेको हाल होटल मुनलाईट, यात्री स्वीट्स एण्ड स्पा, होटल नोर्बुलिङ्का, अवतार काठमाडौँ होटल, काठमाडौँ ग्रील रेष्टुरेन्ट एण्ड वाइन बारलगायत सञ्चालनमा रहेका छन् ।

नेपालको पर्यटन क्षेत्रको विकासमा तीन दशकभन्दा लामो अनुभव हाँसिल गर्नुभएका पाण्डेले हाल ५०० भन्दा बढीलाई प्रतक्ष्य रोजगारी प्रदान गर्नुभएको छ । टे«किङ कम्पनी स्थापना भएदेखि नै टानमा सक्रिय पाण्डे सन् २०१३ देखि २०१५ सम्म टानको महासचिव भएर कुशल भूमिका निर्वाह गर्नुभएको थियो । महासचिव हुँदा नेपालको पर्वतीय पदयात्रा व्यवसायको विकास र विस्तारमा मुख्य भूमिका निर्वाह गर्नुभएका पाण्डेले आगामी सन् २०२४ देखि २०२६ का लागि अध्यक्षको उम्मेदवारी दिन लाग्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img