काठमाडौं । नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले ‘प्रधानमन्त्री पदको लोभमा माओवादीसँग एकता नहुने बताएका छन्।’ मिडियाहरुमा आए र लेखेअनुसार मात्रै हामीहरुले थाहा पाएका छौँ, तर पार्टी अध्यक्ष माधव नेपालले नै हामीसँग पार्टी एकताबारे केहि भन्नु भएको छैन।’
कतै कही अनौपचारिक रुपले यसो गरे हुन्थ्यो भनेर कुरा भएको छ भने मलाई थाहा छैन, घनश्यामले भने । संसदीय दलको नेतृत्व वा पार्टीको नेतृत्व भागबण्डाको आधारमा हुने एकताको पक्षमा नेकपा एकीकृत समाजवादी छैन, भुसालले भने हिजो पनि हामीलाई प्रधानमन्त्री दिने कुरा भएको थियो ।
जतिखेर कांग्रेस, माओवादी र हामी समेतको समीकरण बन्यो, त्यतिखेर निश्चित समय हामीले प्रधानमन्त्री पाउनेछौं भन्ने समझदारी थियो ।
प्रधानमन्त्री पार्टीले पाउने कुरा स्वभावैले महत्वका हुन्छन् । राजनीति बुझ्ने हरेक मान्छेले त्यो जान्दछ । तर दुई÷दुई, तीन÷तीन पटक प्रधानमन्त्रीको रुपमा प्रोजेक्ट भएको, अनि विभिन्न कारणले नभएको आफ्नै अनुभव पनि हामीसँग छ ।