८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार
spot_img

सोलुखुम्बुः थामे गाउँमा आएको बाढीमा ७ जनाको उद्धार, एउटा विद्यालयसहित १४ वटा घर बगायो

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा थामेगाउँमा आएको बाढीमा फसेका सात जनाको उद्धार गरिएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेका सात जनाको उद्धार गरेको हो । प्रभावित क्षेत्रमा मानवीय क्षति भए/नभएकोबारे विवरण आएको छैन, सोलुखुम्बु प्रशासन स्रोतले भन्यो ।

हिमताल फुटेर लेदोसहितको बाढी आएको अनुमान छ । आज दिउँसो आएको बाढीले एउटा विद्यालय र एउटा क्लिनिकसहित १४ वटा घर बगाएको पछिल्लो विवरण छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षा टोली खटाएको छ ।

तस्बिरः नेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img