८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार
spot_img

बुटबलमा मोटरसाईकल र स्कुटर ठोक्किदाँ अर्घाखाँचीकी शुष्माको मृत्यु

बुटवल, ४ भदौ । रुपन्हीको बुटवल उपमहानगरपालिकाको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ। बुटवलबाट पश्चिम तर्फ जांदै गरेको बलेरो जिप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र मुर्गियाबाट बुटवल आउदै गरेको स्कुटर एक आपसमा ठक्कर खाएका थिए ।

अर्घाखाँची जिल्ला पाणिनी ७ अडगुरी ढाक्रेबास घर भै सन्धिखर्क उपल्लो मंचलाईन नेवारी खाजा घर संचालन गर्ने जीवन श्रेष्ठको छोरी बर्ष २१ कि जोत्सना श्रेष्ठ हुन।उनी बुटवल देविनगरमा बसेर ब्याचलर दोस्रो बर्षमा अध्ययनरत थिईन।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाका अनुसार मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवल तर्फ आउदै गरेकी श्रेष्ठलाई बुटवल १२ शान्तीचोकमा नम्बर नखुलेको मोटरसाईलकले ठक्कर दिएको र मोटरसाईकलको ठक्करबाट हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिईन्।

तिव्र गतिमा रहेको मोटरसाईकलको ठक्करबाट श्रेष्ठ लु १ च ६७८३ नम्वरको बलेरो जिपको मुनी पुगेकी थिईन्। उनको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

रातीको समयमा ३ वटै सवारी साधन तिव्र गतिमा भएको प्रहरीले जनाएको छ । बलेरो चालक प्रहरी नियन्त्रणमा छन भने मोटरसाईकल चालक ठक्कर दिए लगत्तै फरार रहेकोले उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । -सच्चाईएकाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (13%)
  • दुःखी (88%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img