८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार
spot_img

धातिवाङ्ग-रूपन्देही सम्पर्क समाजको तिजमिलन कार्यक्रम बुटबलमा

बुटबल, ८ भदौ । हिन्दुहरूको महान चार्ड हरितालिका तिज नजिकिदै जादाँ धातिवाङ्ग-रूपन्देही सम्पर्क समाजले तिजमिलन कार्यक्रम गरेको छ । हरेक वर्ष धातिवाङ्ग जन्मभई हाल रूपन्देहीका विभिन्न क्षेत्रमा बसोबास गर्दै आउँनुभएका चेलिबेटी, दाजुभाइहरूको उपस्थितिमा तिजमिलन तथा दरखाने कार्यक्रम बुटवल बेलवास स्थित शिवालय मन्दिरमा सम्पन्न भएको हो ।

तिजमिलन कार्यक्रमको उद्घाटन गर्दै पाणिनि गाउँपालिका वडा नं। ६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले रूपन्देहीमा बसोबास गर्ने धातिवाङ्ग जन्मभएका दाजुभाइ, दिदिबहिनीबिच आत्मियता बढ्ने विश्पास व्यक्त गरे । उनले सम्पर्क समाज सामाजिक कार्यमा निरन्तर अग्रसर रहेको भन्दै आगामि दिनमा स्वास्थ्य शिविर कार्यक्रम गर्न सहकार्य गर्ने बताए ।

तिज कार्यक्रमलाई विकृतिको रूपमा भन्दा सभ्य रूपमा मनाउदैँ तिजको गरिमा कायम राख्न वडा सदस्य तारा पौडेलले आग्रह गरिन् । उनले तिजमा विकृति मौलाएको भन्दै संस्कृतिको संरक्षणमा सबै एकतावद्व हुनुपर्ने बताईन्।

कार्यक्रम धातिवाङ्ग रूपन्देही सम्पर्क समाजका अध्यक्ष पिताम्बर पाण्डेको अध्यक्षता, उपाध्यक्ष गंगा पौडेलको स्वागत र सचिव हरि घिमिरेको सञ्चालन भएको कार्यक्रममा पुर्व अध्यक्ष देवीप्रसाद पौडेल, सिद्वेश्वर सहकारीका सचिव पुष्कर पौडेलले तिजमा एकैठाउँ जुटने अवसर समपर्क समाजले जुटाएको भन्दै धन्यवाद दिएका थिए । धातिवाङ्ग जन्मभई रूपन्देहीमा बस्नेहरूले २०७३ सालमा समाजको स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img