काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सचिवको बरियतामा चौथो नम्बरमा रहेका गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।
हालकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण आगामी भदौ १५ (शनिबार) बाट अनिवार्य अवकाशमा जाँदैछिन्। त्यसअघि सरकारले बिहीबार अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।