लुम्बिनी प्रदेश सरकार सुशासनमा प्रतिबद्ध छः मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेश सरकार सुशासनमा प्रतिबद्ध रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभएको छ ।
नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकार खर्च कटौती र सुशासन कायममा कठोर बन्दै योजनाबद्ध विकास र प्राथमिकताका आधारमा बजेट निर्माण तथा परिचालनमा पहल गरेको बताउनुभयो ।
सुशासन कायम गर्न आफु प्रतिबद्ध रहेको बताउँदै पूर्व विशिष्टहरूको सेवा सुविधा कटौती र मन्त्रिहरूँ जिल्ला बाहिर जाँदा हुने खर्च कटौतीको निर्णय यसको सुरुवाती भएको जानकारी गराउनुभयो । उहाँले अब उत्पादनमा आधारित रहेर मात्रै सरकारले लगानी बढाउने प्रतिबद्धता जनाउनुभयो ।
लुम्बिनी प्रदेश सरकारले आगामी दिनमा आवधिक योजना र योजना बैङ्कमा समावेश योजनाहरूलाई वार्षिक योजनको रुपमा छान्ने प्रक्रियाको थालनी गर्ने गरी कामको थालनी गरिएको स्पष्ट पार्नुभयो ।
प्रदेश तथा मातहतका निकायबाट हुने विकासका काम गर्दा खुल्ला प्रतिस्पर्धा बाट हुनेगरी गर्न गराउन परिपत्र भइसकेको भन्दै उपभोक्ता समितिबाट हुने कामको अन्त्य गर्ने पक्षमा आफु रहेको जानकारी गराउनुभयो ।
मुख्यमन्त्री भएपश्चात् पहिलोपल्ट जिल्ला आउनुभएका आचार्यले जिल्लाको विकासमा पर्याप्त ध्यान पुर्याएको प्रति स्मरण गराउँदै प्रदेशबाट हुने विकास कार्यमा कुनै कमी नहुने बताउनुभयो ।
यसअघि आफु अर्थमन्त्री हुँदा नै शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधार, तथा पर्यटन विकासमा  पर्याप्त बजेटको व्यवस्था गरेको भन्दै उहाँले बजेटको सदुपयोग हुनेगरी काम गर्नेतर्फ लाग्न जिल्लावासी लाई आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img