घनश्याम पौडेल
अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले आईतबार सार्वजनिक बिदा दिएको छ । हिन्दुमहिलाहरुको महान जाड हरितालिका तिजको अबसर अन्र्तगत ऋषि पञ्चमीको दिन बिदा दिएको हो ।
पाणिनी गाउँपालिकासँगै सन्धिखर्क नगरपालिकाले पनि सोहि दिन बिदा दिएको छ । पाणिनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेषकान्त घिमिरे र सन्ँिधखर्क नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बालबहादुर घर्ती क्षेत्रीले हस्ताक्षर गरेको सुचनामा बिदा दिएको उल्लेख गरिएको छ।
यो समाचार प्रकाशन गर्दासम्म अर्घाखाँचीका छत्रदेव, मालारानी गाउँपालिका र भुमिकास्थान, शितगंगा नगरपालिकाले भने बिदा दिएका छैनन् । महिलाहरुले ऋषि पञ्चमीको दिन विशेष पुजा गर्ने चलन रही आएको छ ।
(सुचनासहित)