आफनाे कार्यकालमा हाेटलका बिल पेश हुदैनन् : मुख्यमन्त्र

गणेश खनाल
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले जिल्ला बाहिर जादाँ मुख्यमन्त्री नाममा खर्च भएका हाेटलका विल मन्त्रालयमा पेश नहुने दावी गर्नुभयाे ।

नेपाल पत्रकार महाँसघ जिल्ला शाखा अर्घाखाँचीले आइतवार गरेकाे सम्मान तथा पत्रकार सम्मेलन बाेल्दै मुख्यमन्त्री आर्चायले विगतमा जिल्ला बाहिर जादाँ हाेटलका विल ल्याउने,ठुला ठुला हाेटलमा बस्ने गरेकाे भन्दै आफू हाेटलमा पनि नबस्ने र हाेटलका विल पनि आफनाे कार्यकालमा पेश नगर्ने दावि गर्नुभएकाे हाे ।

लुम्बिनी सरकारले फर्जुल खर्च राेक्न नीति गत निर्णय गरेकाे उल्लेख गर्दै पुर्व भिआईपिकाे सेवा सुविधा फिर्ता गर्ने निर्णय अनुसार अगाडि बढेकाे बताउँदै केही पुर्व भिआईपिले अझै कार्यन्वयन नगरेकाे प्रति आफू जानकार रहेकाे भन्दै राज्यकाे सम्पत्ति कानुन विपरित प्रयाेग नगर्न सचेत गराइएकाे बताउनुभयाे ।

मुख्यमन्त्री आर्चायले बतर्मान सरकारले पुरक बजेट नल्याउने बताउँदै अघिल्लाे सरकारले ल्याएकाे बजेट नै कार्यन्वयन गर्ने बताउनुभयाे ।

नेकपा एमाले र नेपाली काग्रेस विच भएकाे सहमति अनुसार आफनाे कार्यकाल आधा आधा रहेकाे बताउँदै सहमतिलाई अक्षरसँग कार्यन्वयन गर्ने प्रतिवद्वता जाहेर गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img