१९ असोज २०८१, शनिबार
१९ असोज २०८१, शनिबार
spot_img

अद्वितीय रुपमा दुप्चेश्वर महादेव

नवराज पन्थी । धार्मिक, पाैराणिक एवम् ऐतिहासिक दृष्टिकोणले प्रसिद्ध धार्मिक स्थल जहाँ देवाधिदेव महादेव विराजमान हुनुहुन्छ । समुद्र मन्थन गरिरहँदा कालकूट नाम गरेकाे विष उत्पन्न हुन्छ , त्याे कसैले सेवन गर्न नसक्दा र नगर्ने हाे भने यता सबै प्राणीहरूकाे जीवन नष्ट हुने भएकाले महादेवले आफैँ सेवन गरी त्याे कालकूट विषलाई आफ्नो कण्ठमा राखी सृष्टिका सम्पूर्ण प्राणीहरूकाे रक्षा गरी आफू अनेक स्थानमा भाैतारिनुहुन्छ । उहाँ धेरै लामाे समय गाेसाईँकुण्डमा रहेर त्याे कालकूट विष पचाउन गाह्राे भइरहेको बेलामा सूर्य कुण्डलगायतका १०८ कुण्ड निर्माण गरी सबै कुण्डमा बस्दा पनि सहन गर्न नसकेपछि अहिले जहाँ सूर्यमति गङ्गा र दुप्चेश्वर महादेव विराजमान हुनुहुन्छ । यहीँ स्थानमा न‌ै महादेव आएर कालकूट विष सेवन गरेकाे जुन डरलाग्दो असह्य राप तापसहितको पीडा थियो ,त्याे क्षीण भयाे । अनि महादेव शान्त हुनुभएको थियो भन्ने पनि मान्यता छ, त्यसअनुसार पनि याे क्षेत्रलाई पावन शिवभूमि भनिन्छ । आफैँमा महत्त्वपूर्ण अनि यस धामकाे गुणगरिमा र यस क्षेत्रकाे महिमा महत्त्वपूर्ण मानिन्छ ।

ब्राह्मण, शेर्पा, तामाङ आदि बसाेबास भएको याे क्षेत्रमा दुप्चेश्वर महादेव विराजमान हुनुहुन्छ । विशेषगरी ब्राह्मण, शेर्पा, तामाङ आदि शिवभुमिका रैथाने सबै हामी नेपाली सनातनीहरुलाई प्रकृति पूजक पनि भनेर चिनिन्छ । त्याे भएर पनि महादेव यतै बसी सायद याे क्षेत्रलाई दिव्यनगरी, तपाेभूमि, शान्तिभूमि, शिवभूमि र धार्मिक पवित्र धाम बनाउन वरदान दिनुभएको थियो ।

कुनै समयमा यहीँ पवित्र भूमिमा ब्राह्मण ,शेर्पा ,तामाङ आदि गाउँले बासिहरूले गाई(गाै) सेवा गर्दथे अरे । दिउँसोमा चाहिँ गाई चराउनकाे लागि गाउँलेहरुले गाईहरु जङ्गलमा लाने गर्दा रहेछन् । अनि एकजना वासु तामाङ भन्ने व्यक्तिको एउटा गाई भखर मात्रै बाच्छाे जन्माएकाे लैनाे गाई रहेछ । गाई चराउनका निमित्त जङ्गल लगेकाे अवस्थामा साझ घरमा आएर दूध दुहुन लाग्दा गाईले नदिने र धेरै दिन सम्म आफ्नो गाई घर नआउँदा चिन्तामा परेकाे वासु तामाङलाई महादेवले सुतिरहेको समयमा सपनामा दर्शन दिएर सबै वृतान्त भन्नुभएछ । सपनामा घटेकाे घटना र महादेवकाे निर्देशन अनुसार भाेलि पटक वासु तामाङले त्याे स्थान खाेज्दै जाँदा दुईवटा खाेप(बाट ) गाईको दुध तल खसिरहेकाे देखेछन् । आफ्नो गाईले शिव लिङ्ग माथि आफ्नै थुनबाट दुध अभिषेक गरेकाे अनाैठाे दृश्य देखेपछि आश्चर्य परेका वासु तामाङले यस्ताे अप्ठ्यारो ठाउँमा मान्छे जान पनि गाह्राे पर्ने याे भिरमा कसरी गाई आयाे भन्ने अच्चम मानेर केही दिन आफ्नो गाईकाे पिछा गरेछन् । धेरै दिन आफ्नो गाईकाे पिछा गरेपछि अचम्म परेका वासु तामाङले अद्भुत ईश्वरी शक्ति लागेपछि आफ्ना गाउँलेहरुलाई पनि खबर गरेँ । अचम्म लाग्दाे कुरा के भने नि त्याे अप्ठ्यारो भिर ,जहाँ मानिसहरूलाई पुग्न पनि धेरै कठिन थियो ,त्यस्ताे अप्ठ्यारो भिरमा वासु तामाङकाे गाईलाई अद्वितीय रुपमा देख्दा गाउँलेहरु पनि अचम्मित भए । वासु तामाङ काे अनाैठाे गाईले महादेवलाई आफ्नै थुन द्वारा दुधले अभिषेक गर्न माथि भिरमा जाने अनि अभिषेक गरेपछि त्याे अनाैँठाे गाई चमत्कारी रुपमा आफै तल झर्दाे रहेछ । गाउँलेहरुले ईश्वरीय शक्ति र महादेवकाे साक्षी अवतार सबैले थाहा पाएपछि याे स्थानमा व्यवस्थित रूपमा पूजा अर्चना गर्ने व्यवस्था मिलाएर पूजालाई नित्य निरन्तर चलाइयाे । त्यसैले याे स्थानकाे नाम दुप्चेश्वर भनी रहेकाे भन्ने महत्त्वपूर्ण कुरा स्थानीय बासिन्दाको मुखबाट थाहा पायौँ हामीले पनि ।

विशेषगरी याे क्षेत्रमा धान्यपूर्णिमा मा ठुलो मेला लाग्ने र धेरै भक्तजनहरूकाे भिड पनि लाग्दाे रहेछ । अन्य बेलामा पनि महादेवकाे दर्शन गर्न धेरै टाढा टाढा देखि भक्तहरू आउँदा रहेछन् । ध्यान साधनका लागि पनि याे क्षेत्र पनि अत्यन्तै शान्त रहेछ । दुप्चेश्वर महादेवकाे दर्शन गरेपछि मनले साेचेका सबै प्रकारका इच्छा पूर्ण हुने, अपुरा कार्य पूरा हुने , अध्ययन अध्यापनमा अवरोध भएका विद्यार्थीहरुलाई पनि राम्रो हुने, अविवाहित व्यक्तिको विवाह हुने,सन्तान नहुनेलाई सन्तान हुने भन्ने धार्मिक विश्वास पनि रहेकाे छ । चाडाे बाेलि नआएका बच्चाहरूलाई पनि दुप्चेश्वर महादेवकाे दर्शन गरेपछि बाेलि आउँछ भन्ने जनविश्वास पनि यहाँका स्थानीयहरूबाट पायौँ ।

दुप्चेश्वर महादेवकाे दर्शन गरेपछि हामीले पनि आनन्द महशुस गर्याैँ, शरीरमा फरक किसिमको ऊर्जा पनि आएकाे अनुभव गर्याै । प्राकृतिक रूपले पनि अत्यन्तै शान्त र मनाेरम यस पावन क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटन प्रवर्द्धनलाई पनि ख्यालमा राखेर विकास गर्ने हाे भने अझ आर्थिक रूपमा पनि सम्पन्न गराउन सकिन्थ्यो हाेला । साथै याे पवित्र भूमिलाई ध्यान र साधनाकाे केन्द्रका रूपमा भक्तजनहरुलाई जाेड्न सक्यौँ भने डिप्रेसन र मानसिक रूपमा विक्षिप्त भएकाहरूलाई पनि सुधार गर्न सकिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (70%)
  • दुःखी (10%)
  • अचम्मित (20%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img