सुरेशमणि त्रिपाठी । मान्छेको जिबनमा पढाई र चेतनाले कति महत्व राख्छ भन्ने कुरा रबि लामिछानेले सहकारी प्रकरणमा दिएको अभिव्यक्ति”एम. डि ले चेक नकाटे घास काट्छ” भन्ने कुराले पुस्टि गर्छ l सायद उनको सैक्षिक योग्यताले एम. डिको काम चेक काट्ने भन्ने मात्र बुझनु स्वाभाविकै हो l
साथै उनका पार्टीमा रहेका अलि पढेलेखेका भक्तजनहरुले पनि उनको कुरा आत्मसाथ गरी प्रतिवाद गर्नु कुनै नौलो कुरा होइन किन भने, भक्तहरुलाई आफ्नो गुरु बाट केहि पाउने लालसा उनिहरुमा जहिले पनि रहन्छ । त्यहि कारणले आफ्नो गुरुको हर सम्भव बचाउ गर्ने प्रयास गर्छन । यस्तै बचाउ आसाराम बापूका भक्तजनहरुले पनि गरेका थिए अन्त्यमा उनलाई जेलको जिबन व्यतीत गर्नु पर्योl
गोर्खा मिडियाको पैसा गोर्खा मिडियाका एम. डि रबि लामिछानेले आफुलाई केहि थाहा नभएको बताउदै गर्दा करोडौ रकम आफु स्वयमंले, आफ्नो ससुरा उद्दप पौडेलको कम्पनि, लगाएत विभिन्न व्यक्ति र कम्पनिको नाममा चेक काटेर कम्पनिको पैसा कम्पनि भन्दा बाहिर लागेको प्रस्ट हुदा हुदै रकम बारे थाहा नहुनु आफैमा हास्यास्पद छl
करोडौ रकम अपचलन हुदै गर्दा उनका भक्तहरुले क्लिन चिट पाएको र करोडौ रकम बारे एम डी लाई केहि थाहा नभएको हल्ला गरि रहेछन ।
उनका भक्तजनहरुलाई एकदम सरल तरिकाले बुझाउने प्रयास गर्छु । मानौ भक्तजनहरु मध्ये एकजना भक्तको नाम स्वर्णिम वाग्ले छ र उनको फेसबुक आइडी छ, त्यो आइडीको मालिक (एम. डि) उनि स्वयम् हुनु । जसको नाममा आइडी हुन्छ उ स्पयंम त्यसकाे मालिक हुन्छ र त्यो आइडी चलाउने सम्पूर्ण अधिकार उसैमा निहित हुन्छl जब स्वर्णिम वाग्लेले आफ्नो फेसबुक आइ डी खोल्नु हुन्छ, र उनलाई त्यहा भित्र भएको सम्पूर्ण कुराको नोटिफिकेसन आउछ, जस्तै वाग्लेले आफ्नो फेसबुकमा केहि लेख्नु भयो, भने कसले कमेन्ट गर्यो, कसले लाइक गर्यो र कति जानाले त्यो हेरे सबैको जानकारी वाग्ले सँग हुन्छ ।
अर्थात कसले फ्रेन्ड रिक्वेस्ट पठायो भने त्यो पनि जानकारी स्वर्णिम वाग्ले संग हुन्छ, भने पछि करोडौ करोड रुपयाको कारोबार हुँदा डिजीटाइज युगमा तपाईको पार्टी सभापति तथा गोर्खा मिडिया का एम डी लाइ थाहा नहुनु भनेको दिउसै रात रात पार्न खोज्नु मात्र हो l
त्यसैले भक्तजनहरु भक्त हुनु राम्रो हो तर अन्ध भक्त हुनु आफु स्वंयम र आफ्नो सन्ततिको भबिस्य अन्धकार बनाउनु हो l
धर्ममा ‘भक्ति’ आत्माको मोक्षको मार्ग हो। तर राजनीतिमा ‘नायक-पूजा’ नै पतन र अन्तत: अधिनायकत्वको बाटो हो । ( डा. भिम राव अम्बेडकर)