१९ असोज २०८१, शनिबार
१९ असोज २०८१, शनिबार
spot_img

लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा परिक्षण हुने, मुख्यमन्त्री द्धारा उद्घाटन

बुटवलःलुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना भएको छ । यो सिकाई केन्द्र नेपालमा चौथो र काठमाण्डौं बाहिर पहिलो हो । यहाँ एचएसके तहका परिक्षाहरु चल्ने छन् । चिनमा अध्ययनका लागी जान चाहने विद्यार्थीले अनिवार्य यो परिक्षा पास गर्नुपर्ने हुन्छ ।

सिकाई केन्द्रको औपचारीक उद्घाटन शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नु भएको छ । एचएसके सेन्टरको वोर्ड अनावरण गरेर उद्घाटन गर्नु भएको हो । सो अवसरमा लुम्बिनी बौद्ध विश्व विद्यालय र चिनको हनान विश्व विद्यालयको विचमा चिनिया भाषा सिकाई केन्द्र सञ्चालन सम्वन्धमा सहकार्य सम्झौता गरिएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र चिन दुई देश विचको मित्रता अझ सुमधुर बनाउन सिकाई केन्द्रले योग्दान गर्ने बताउनु भयो ।‘दुई देश विचको भाषा, संस्कृतीको हस्तान्तरणका साथै पर्यटन अभिवृद्धिमा समेत सहयोग पुग्ने विश्वास लिएको छु’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘चिनका पर्यटकहरुलाई लुम्बिनीमा ल्याउन पनि सहयोग पुग्ने छ ।’
लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती प्रा.डा.सुर्वणलाल ब्रजाचार्यले विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना हुँदा समग्र देशलाई महत्वपूर्ण टेवा पुग्ने बताउनु भयो । एचएसके परिक्षाको लागी काठमाण्डौं जानुपर्ने बाध्यता अन्यत्य गर्न सफल भएकोमा खुसी व्यक्त गर्नु भयो ।‘चिनिया भाषा परिक्षाको लागी काठमाण्डौं धाउनुपर्ने बाध्यता थियो । अव त्यो बाध्यता हटेको छ’उहाँले भन्नुभयो,‘लुम्बिनीमा देश बाहिरका विद्यार्थीलाई ल्याउने अभियान अन्तरगत एउटा महत्वपूर्ण उपलब्धी हाँसील भएको छ ।’

बौद्ध विश्व विद्यालयका रजिस्ट्रार तीलकराम आचार्यले एक बर्ष अगाडी चिनको हनान विश्व विद्यालय संग भएको सहकार्य सम्झौता अनुसार चिनिया भाषा प्रशिक्षण केन्द्र स्थापना भएको जानकारी दिनुभयो । यो उपलब्धीले बौद्ध विश्व विद्यालयलाई अन्र्तराष्ट्रिय स्तरमा फैलाउन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नु भयो । यसैविच विश्व विद्यालयमा शुक्रबारनै बुद्धिजम एण्ड नेपाल स्टडिज अध्ययन गर्ने चिनका २३ जना विद्यार्थीलाई स्वागत गरिएको छ ।

चिनको हनान विश्व विद्यालयका अध्यक्ष छ्वाङ क्वाङ्लिनले नेपाल र चिन दुई देश विच सुमधुर सम्वन्ध विस्तार गर्न प्रशिक्षण सेन्टर महत्वपूर्ण हुने बताउनु भयो । कार्यक्रममा नेपाल र चिनका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img